• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा जोन कालिन

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा जोन कालिन आउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले स्वीडेनका कालिनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले मार्च महिनादेखि राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण दिने बताइएको छ।

नयाँ प्रशिक्षक छान्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक समितिले छलफल गरेको थियो ।

यसअघि जापानी प्रशिक्षक ग्योतुको कोजी भिसाका कारण फिर्ता भएपछि नेपाली राष्ट्रिय टिमको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर