• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

श्रीलंका पुग्ने पर्यटकमध्ये चिनियाँको संख्या दुई लाख ६० हजार

कोलम्बो । चीनबाट गत बर्ष सन् २०१८ भरीमा दुई लाख ६० हजार पर्यटक श्रीलङ्का आएका छन् । सरकारी अधिकारीहरुले यस बर्ष त्यो भन्दा बढी पर्यटकहरु चीनबाट श्रीलङ्का आउने अपेक्षा गरेका छन् । 

श्रीलङ्काको पर्यटन मन्त्रालयका अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार गत डिसेम्बरमा मात्रै चीनबाट पहाडी मुलुक श्रीलङ्कामा १८ हजार २८३ जनाले भ्रमण गरेका छन् । 

“हामीले यो बर्ष अघिल्लो बर्ष भन्दा बढी पर्यटक आकर्षित गर्न चाहान्छौँ, विषेश गरेर चीन र भारतबाट धेरै पर्यटक ल्याउन सकिने हाम्रो विश्वास छ,” पर्यटन मन्त्री जेहन अमारातुङ्गाले भने । 

दुई देशलाइ लक्षित गरेर केही सहरहरुका बारेमा व्यापर प्रचारप्रसार गर्ने योजना बनाएको पनि उनले जानकारी दिए । 

सवै देशबाट गरेर गत डिसेम्बर महिनामा मात्रै दुई लाख ५० हजार पर्यटकहरु श्रीलङ्का भित्रिएको श्रीलङ्क पर्यटन विकास प्राधिकरणले जनाएको छ । यो तथ्याङ्क पनि सवै भन्दा उच्च भएको अधिकारीहरुको दावी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर