• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

इलाममा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भिर, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई उपचारको लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । 

डा.केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौं ल्याउन लागिएको हो । ‘डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडौँ लैजाने तयारी गरेका हौं’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भने । 

डा.केसीलाई उनको स्वास्थ्यस्थिति कमजोर भएपछि जीवन रक्षाका लागि भएपनि काठमाडौं लान लागिएको इलामका प्रंमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । 

डा केसीलाई आजै एम्बुलेन्स मार्फत भद्रपुर लगिएको र त्यहाँबाट काठमाडौं भने नाइटभिजन हेलिकप्टरमा ल्याइने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर