• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको गरिएको छ ।

सेवा लिन आएकालाई निःशुल्क औषधि तथा थप उपचारका लागि काठमाडाँैका सरकारी अस्पतालमा थप उपचारका लागि सिफारिस गरिएको शिविर संयोजक डा प्रकाश बुढाथोकीले जानकारी दिए । 

शिविरमा स्थानीय क्षेत्रका करीब तीन हजारले सेवा लिएका र रु दश लाख बराबरको औषधि वितरण गरिएको थियो । शिविरमा सेवा लिएकामध्ये शल्यक्रिया गर्नुपर्ने १८९ बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उहाँले जानकारी दिए । 

डा विश्व दवाडी, डा साधना आचार्य, डा सुरक्षा बाँस्कोटा, डा सरोजकुमार राय, डा चादनी जयसवाल, डा मनोजकुमार महत, डा सुनिल तामाङ तथा स्वास्थ्यकर्मी कल्याण ढुङ्गाना, भुवन पुरी, दौलत तुलाधर, अमृतजङ्ग बस्नेत, धर्मेन्द यादव, नर्स शर्मिला आचार्य शिविरमा सहभागी थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर