• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘नाकाबन्दीमा बस्ती’ पुस्तकको विमोचन 

काठमाडौ । पत्रकार एवं लेखक छविलाल न्यौपानेद्वारा लिखित ‘नाकाबन्दीमा बस्ती’ नामक पुस्तक सार्वजनिक गरिएको छ । यथार्थ घटनामा आधारित उक्त पुस्तकको माडी नगरपालिका प्रमुख ठाकुर ढकाल र नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संयुक्त रूपमा बिमोचन गरेका हुन । 

नगरप्रमुख ढकालले निकुञ्ज ऐन संशोधन प्रक्रियामा गएको भए पनि त्यो जनताको पक्षमा हुन नसकेको बताएे । ऐन विकासको बाधक हुन नहुने भन्दै उहाँले विकासविरोधी ऐन आए आफू आमरण अनशनमा बस्ने बताएे । विसं २०२९ मा बनेको निकुञ्ज ऐनले माडीवासीलाई पीडित बनाएको उनको भनाइ थियो । 

वरिष्ठ उपाध्यक्ष आचार्यले माडीको बाँदरझुलावासीले संविधानले तोकिएका न्यूनतम आधारभूत आवश्यकता पनि पूरा गर्न नपाएको बताउनुभयो । उनले बाँच्न पाउने अधिकार, गाँसबास र कपासको अधिकारबाट बाँदरझुलावासी बञ्चित भएको भन्दै लोकतन्त्रमा यस्तो हुनु दुखद् भएको बताए। । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर