• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

श्रम–उत्पादन सम्बन्ध–शिक्षा र चरित्र निर्माण 

दृष्टान्त १ :  एकजना साथिको घरमा गएको उहाँको बच्चा खेल्दै थिए हामी कुरा गर्नु पर्ने भयो । एकछिन उहाँले बच्चालाई तिमीहरु उता अर्को कोठामा गएर खेल भन्नु भयो ती बच्चा मध्यका छोराले त उहाँको नाम काढेर ए फलाना (माफ गर्नुहोला म यहाँ नाम उल्लेख गर्न सक्तिन) उ हेर्न कस्तो छ भनेर लाज मर्दो बनाइदियो  २/४ पटक नै बाबुको नामै काढेर लाज नभको उ हेर्न भन्दै जब कि बाबु  त्यो बच्चालाई तिमी तपाई भनि रहनु भएको छ तर बच्चाले त भनिरहेको छ ।

दृष्टान्त २ :  ६, ७, ८ र ९ कक्षामा पढ्ने बच्चाहरु आफू स्कुल हिड्ने बेलामा टाइ, किताब कापी, कलम मोजा आदि खोइ भन्दै चिच्याउन थाल्छन् । कारण उनीहरुलाई सामान सहि ठाउँमा राख्न लगाइदिएनौ, सिरियल हेर्यो आमाले कार्टुन हेर्यो बच्चाले अनि त्यही अनुसारको देखा सेखी बाबुनानी बनाउन खोज्यो अनि ठूलो हुँदै गएपछि मलाई त टेर्दैन हेर्नुन ,लौ न के गर्ने बिग्रेला, बिग्रेली भन्ने डर हुन थाल्यो भन्न थाल्नु हुन्छ अभिभावकज्युहरु । 

 किन त्यस्तो नहोस सबैलाई देखासेखी चाहिएको छ, आयतित शिक्षाले आयातीत सस्कृति भित्रयायो जसका कारण सामाजिक बिकृती,   बिसङ्गती मात्रै भित्र्याएन हाम्रा सामाजिक, पारिवारिक, साँस्कृतिक सबै सबै सम्बन्धहरुलाई तहसनहस पार्यो, कृषि प्रधान हाम्रो देश अहिले   पनि ७०५ जनसंख्या कृषिमा आधारित छ तर कामलाई, श्रमलाई इज्जत प्रतिष्ठासँग जोडियो र यहि देशमा सानोतिनो काम गर्नु भन्दा   बिदेसिनुलाई गौरवको रुपमा लिने स्ांस्कृति र शिक्षा भित्र्याइयो किनकी बिदेशिलाइ हाम्रो अङ्ग्रेजी जानेको सस्तो कामदार चाहिएको थियो ।

 त्यसैले जगै देखि सानै देखि यस्तो बिसाक्त कुरा दिमागमा पारियो कि त्यसको परिणाम आज हरेक घर परिवारले कहिन कहि भोगिरहेकै छ,   देखि रहेकै छौं । साथै सानै देखि नै नैतिक, व्यवहारिक शिक्षा लिने पुस्ता देश, आफन्त परिवार प्रति जिम्मेवार र सजग हुन्थ्यो ।

 त्यसैले शिक्षा बिकारे सकलो बिकार शिक्षा सुधारे सकलो सुधार अर्थात शिक्षामा बिकार आयो भने सबैतिर बिकार आउँछ सुधार आयो भने   सबै सुध्रीन्छ, भन्नेतिर साशकहरुको कहिले ध्यान गएन । यस्तो किन भयो भने हाम्रो आजको शिक्षा हामीले अर्थात नेपालीले निर्माण गरेको   शिक्षा होइन बिदेशिले निर्माण गरेका हुन । 

 नयाँ प्रकारको शिक्षा भनिने बर्तमान शिक्षा पहिले भारतबाट र पछि बेलायतबाट आयातीत बिषयहरुलाई समाबेश गरिएको शिक्षा हो ।   किनकी  हामिकहा सानो परिवार सुखी परिवार भनेर पढाइयो त्यो पनि बाबु आमा २ छोराछोरीको तस्बिर सहित । त्यसले हाम्रो पारिवारिक   सम्बन्ध, संरचना सबै तहसनहस पार्योे किनकी हामी र हाम्रो पारिवारिक सम्बन्ध अलग्गै प्रकारको छ ।

 हजुरबुबा हजुर आमाहरु सहित सयुक्त परिवारमा बस्ने, जसका कारण सानैदेखि केटाकेटीलाई सामाजिक, साँस्कृतिक सम्बन्ध ब्यवहार,   अनुसासन, नैतिक मूल्य मान्यताहरु घरमा सिकाइन्थ्यो । घर परिवार र आफू भन्दा ठूलाको डर हुन्थ्यो जसका कारण गलत काम कुरामा   ध्यान  र मन जादैनथ्यो । आजकल केटाकेटी आमाबाबुलाई त तिमी भन्छन । बाबुआमा साथिभाई आएको बेलामा लाजले छेउ लागेर आफन्त   या साथिले देख्लाकी भनेर चुप चुप भन्न थाल्नु पर्छ या उता खेल्न जाउँ भनेर जोगिनु पर्ने स्थिती छ । 

त्यसैले आज हामिले दिइरहेको र लिइरहेको शिक्षामा हाम्रो पन र हाम्रो चिन्तन छैन । हामीले अरुको किताबको नक्कल गर्यौ अर्थात अरुले पकाएको भात खायौं, खाने बानी लाग्यो अर्थात मगन्ते बानी लगायांै । शिक्षा आउने, बिकास गर्ने, उद्योग कलकारखाना चलाउने, बाटो बनाउने सबै अरुले गरिदिन्छन भन्ने माग्ने सँस्कृतिको मानसिक बिकास गर्याै गरायौं । जसका कारण मैले या उस्ले केही गर्नु परेन, केही को जोहो गर्नु परेन बस चाउ–चाउ या बिस्कुटको प्याकेट फुटा खादै हिड यस्तो जमात पुस्ता तयार पार्यौ हामिले । 

कामचोर पुस्ता, खानका लागि बाँच्नका लागि केही गर्नु नपर्ने उस्को कुनै दायित्व नहुने नबनाउने हामिले सक्ने काम पनि नलगाउने र श्रमप्रति आस्था जगाउने शिक्षा दिन र लिन सकेनौ जानेनौ या नीति निर्माताहरु चुक्यौ या बिक्यौ?जस्को परिणाम आज देश भोग्दै छ । सक्ने साना घरका काम नगराउने, हिड्ने, बोल्ने, खाने सस्कार सँस्कृति नसिकाउने । आमा बाउले झ्यालबाट फोहर फाल्यो, केटाकेटीले त्यही सिकिरहेको हुन्छ देखिरहेको हुन्छ अनि कोठा सफा राख भन्दा कसरी राख्छ ?

हाम्रो देश कृषिप्रधान भएकोले यहाँ निम्न पुँजीवादी मनोवृत्ति अत्यन्त प्रबल छ, हुन्छ । यस्तो प्रवृत्तिमा प्रायः मान्छे ‘हरेक कोही आफ्नो लागि होस्, मलाई अरुको के मतलव’ जस्ता नैतिकताको मात्र उपदेश दिन्छन् । हामी हाम्रो देश सहकारिताको, सामूहिकताको बाटोबाट अघि बढोस् विद्यालयहरु यस्तो कार्यको आधार केन्द्र हुनसक्छन् र बनाइनुपर्छ । त्यसको निम्ति सरकारले स्पष्ट खाका, नीति नियम र नियमन गर्नुपर्छ । पाठ्यपुस्तकहरुमा पहिलो पंक्तिदेखि अन्तिम पंक्तिसम्म सामूहिकतावादी भावनाले ओतप्रोत हुनुपर्छ ।

पुस्तकहरुको माध्यमले नियमबद्द रुपबाट बच्चाहरुमा यो आदत विकसित गर्नुपर्छ कि उनीहरु प्रत्येक प्रश्नलाई समष्टि हितको दृष्टिले हेरुन् । उमेर अनुसार सिक्नुपर्ने कुरामा कही नचुकुन् कि उनीहरुले आफ्ना कार्यहरुको समाधानलाई समाज, देश, परिवार र सामूहिकतामा खोजुन्, हेरुन् । त्यसले बच्चाहरुमा यस्तो बुद्दिको विकास गरोस् कि उनीहरुमा सामूहिकताको विकास होस् । त्यसबाट भावनात्मक उत्साह जागोस्, सामाजिक जीवनका सम्पूर्ण घटनालाई आफ्नो मतलवसँग जोडुन् जसले गर्दा फोहर सडकमा नफालुन्, रुख बिरुवाको हाङ्गा नभाँचुन । आवश्यकतानुसार टोल सरसफाइ, सामाजिक सुरक्षा, खराब आचरण, बानी ब्यवहारका विरुद्ध जनचेतना जगाउन जसका कारण सामाजिक असुरक्षा, सामाजिक विभेद, सामाजिक बिखन्डन, चोरी डकैती अनैतिकताका विरुद्ध बोल्न, काम गर्न सकुन् ।

पहिला चरित्र निर्माण परिवारबाट हुन्थ्यो । परिवारको निश्चिति परिधिभित्र केटाकेटी बस्नुपर्थ्यो । जो र जस्तोसुकैको होस, किसानको मजदुरको सिकर्मी डकर्मीको या कुनैको त्यतिबेला गुरुकुलीय शिक्षा हुन्थ्यो, सक्नेले प्राप्त गर्थ्यो।बिस्तारै पुजँीवादको विकाससँगै शिक्षक पढाउँछ विद्यार्थीहरु पढ्छन् । स्कुलमा पढ्न, लेख्न, गन्न आदि लगाइन्छ तर श्रम गर्न कुनै काम गर्न सिकाइँदैन । किनकी सामन्तवाद हुँदै पुँजीवादले कामको वर्गीकरण यसरी गरिदियो कि उसको आर्थिक हैसियत र पढाइको आधारमा यो काम यो वर्गले मात्रै गर्ने हो भनेर । त्यसले स्कुलहरु पनि वर्गानुसार बने बनाइए, शिक्षा पनि सोही अनुसारको भयो ।

जसका कारण श्रम र चरित्र निर्माणसम्बन्धी कुनै काम कुरा विद्यालय शिक्षालयमा सिकाइएन् । पाठ्यक्रम र पाठ्यपुस्तकमा पारिएन र घरमा काम गर्न नपर्ने कामलाई वर्गीकरण गर्नेका केटाकेटी र परिवार यहाँ बस्नुभन्दा विदेश जानुलाई गर्वको विषय, प्रतिष्ठाको विषय बनाउन लागे र क्रमशः त्यो रोग सबै वर्ग र समुदायमा पर्दै गयो । त्यही कारण आज हामी गर्वका साथ भनिरहेका छौ कि हाम्रो देश रेमिटेन्सले चलेको देश भनेर । तर, श्रम गर्ने वर्ग जो अरब र खाडी मुलुकमा छ थुप्रै दुख कष्ट र परिवार तहसनहससम्म सहेर पैसा पठाउँछ तर, अर्को वर्ग जो यहाँको पैसा लिएर विदेशिरहेको छ त्यसको लेखाजोखा हिसाब किताब कुनै मिडिया या सरकार या सरोकारवालालाई मतलब छैन । उनीहरुका कारण बाबुआमाको बुढेसकालमा बिजोग र मुख्यतः हाम्रो कति रकम बाहिरी रहेको छ, त्यसको आँकडा आउँदैन या निकालिँदैन।किनकी त्यता जाने अहिले पनि प्रायः अर्कै वर्ग अर्थात् राम्ररी खान पुग्ने वर्ग नै पर्छन् । अर्थात् अझै भनौँ प्रायः कुनै न कुनै रुपबाट पहुँचावालाकै या मध्यम वर्गीय परिवारको हुने हुनाले कसले निकाल्ने तथ्य र तथ्यांक ?

अब चेतना बिस्तारै परिवर्तन हुँदै छ । उत्पादनको स्वरुपमा परिवर्तन हुँदै गएको छ । कृषिमा मात्रै भर पर्नुपर्नेमा अब अरु सम्भावनाका बाटो खुलेका छन् । घरमा केटाकेटीले सक्ने काम नगरिदिँदा, मुख मुखै लाग्दा, असहयोगी र असामाजिक भइदिँदा, आफू र आफ्नोबाहेक अरुको नसोच्ने भइदिँदा सबै परिवारमा चासो र चिन्ता बढ्दो छ । त्यसैले आजका बाबुआमा पनि केही काम सिकिदिए हुन्थ्यो जाने हुन्थ्यो, सक्ने आफ्नो काम आफै गर्दिए हुन्थ्यो, भनेको मान्दिए हुन्थ्यो । मुख मुखै नलागे हुन्थ्यो, बेलामा उठ्ने, सुत्ने, आफ्नो सामान मिलाएर राख्ने भैदिए हुन्थ्यो, पाहुना आको बेलामा नमस्कार गर बाबुनानी नभनी गरिदिए हुन्थ्यो, बिसन्चो भएको बेलामा तातोपानीसम्म ल्याएर दिनसक्ने जाउलोसम्म भएनी पकाउन सक्ने भैदिए हुन्थ्यो भन्ने सोच्न र माग गर्न थालेका छन् ।

यो सुखद पक्षलाई पक्रदै अब हामीले श्रम, उत्पादन शिक्षा र चरित्र निर्माणलाई जोडतोडका साथ अघि बढाउनु पर्ने छ । त्यसका निम्ति बाल पुस्तकालयहरु सन्चालन गर्ने र त्यो पुस्तकालयमा त्यस्ता बालकथाका पुस्तकहरु मात्रै राख्ने जसले मानिसहरूको चरित्रको, मानव सम्बन्धको,गाउँको सांस्कृतिक स्तरलाइ सहरको सांस्कृतिकस्तरसँग नजिक लाने खालको उनीहरुले सार बुझ्ने खालको हुनुपर्छ । साथै यस्तो सांस्कृतिक घरहरु बनाइदिनेकी उनीहरु त्यहाँ गएर आफूलार्इ मनपरेको कुराहरु बनाउन प्राक्टिस गरून् । हामीले बच्चाहरूलाई यसरी शिक्षित गर्नुपर्छ कि उनीहरु आफ्नो बाबुबाजेको ध्यय पूरा गर्न अग्रसर होउन् । उनीहरुका कार्यलार्इ अगाडि बढाउँदै अझै समुन्नत र परिस्कृत होउन् । न कि गलत पुस्तक पढेर, गलत फिल्म हेरेर, उनीहरुले बुझ्ने चेतना शक्तिभन्दा फरक खालको नाटक फिल्महरु देखाएर उनीहरुको दिमाग सुल्टो चल्नु सट्टा उल्टो चलाएर ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर