• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अंगालोमा राखेर सुताउने यी महिलाको कमाई प्रति घण्टा ९ हजार !

एजेन्सी । तपाईलाई कस्तो लाग्छ, कसैलाई अंगालो हालेको भरमा धेरै कमाई गर्न सक्नुहुन्छ भन्दा ? अब तपाई यस्तो को गर्छ ? भन्नुहोला । तर, यो सत्य हो र यस्तो रोजगार यही विश्वमा उपलब्ध छ ।  

हिजोआज एक महिला इन्टरनेटमा चर्चाको विषय बनेकी छिन् । र यसको कारण हो, यी महिला मानिसलाई अंगालोमा राखेर बढो प्रेमपूर्वक निदाउन सहयोग गर्छिन् । यो काम गरे बापत महिलाले प्रतिघण्टा ८० डलर (९ हजार बढी रुपैयाँ) कमाउँछिन् । 

अमेरिकाको क्यान्जस सहरकी स्थानीयवासी ‘मेरी’ नामकी यी महिलाले मान्छेहरुलाई अंगालोमा राखेर निदाउन मद्दत गरे बापत वार्षिक करिब ४५ लाख कमाई गर्छिन् । खासमा ‘मेरी’ एक व्यावसायिक ‘कडलर’ (निदाउन मद्दत गर्ने) हुन्, उनी आफ्नो यो सेवाको माध्यमबाट मानिसलाई रिल्याक्स अनुभव गराउँछिन् । 

यस्तो गर्नाले शरीरमा ‘ओक्सिटोसिन हर्मोन’ रिलिज हुने मेरी बताउँछिन् । यो सेवामा व्यक्तिले आनन्द महशुस गर्ने र तनाव पनि कम हुने उनको भनाई छ । 

‘मेरी’को एउटा सेसन(सत्र) एकदेखि ४ घण्टासम्मको हुन्छ । यद्यपी, यसका लागि पनि उनले केही नियम बनाएकी छिन् । जस्तैः ग्राहकले पुरै समय कपडा लगाएर सुत्नुपर्ने हुन्छ र सेसनका दौरान कुनै पनि प्रकारका शारीरिक इच्छा उत्पन्न हुनु भएन । गर्मी मौसममा केही छोटा र पतला कपडा लगाउन सकिन्छ, तर धेरै छोटो हुनुभएन । 

मेरी कहाँ सेवा लिन जाने ग्राहक अविवाहितदेखि विवाहित र विधवासम्मका छन् । आफ्नो वैवाहिक जीवनमा सुखी र सन्तुष्ट व्यक्ति पनि मेरी कहाँ जाने गर्छन् । मेरी आफैँ पनि एक प्रेम सम्बन्धमा छिन्, तर उनका प्रेमीलाई उनको पेशा प्रति कुनै आपत्ति छैन । 

‘मेरो साथीलाई मेरो यो काम बारे राम्ररी जानकार छन्’, मेरी भन्छिन्, ‘उनलाई कुनै आपत्ति छैन । उनलाई थाहा छ यो कुनै यौन गतिविध होइन ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर