• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नयाँ घरमा बस्ने सहिद परिवारको सपना यसरी पुरा गरिदिए मन्त्री पुनले (फोटोफिचर)

रोल्पा । रोल्पा सुनछाहारी ७ जेलवाङका जनयुद्धकालिन सहिद हुन् भुवन बुढा मगर । उनले जनयुद्धमा ज्यान गुमाएपछि बुढामगरका बुढा बाबा, आमा बेसाहारा झैं भएका थिए । पुरानो झुप्रो घरले उनिहरुको आधारभूत आवस्यकता पुरा गरिरहेको थिएन । 

जनयुद्धका सहित परिवारको जनजिवन कष्ठकर रहेको भन्ने विषयमा बिबिसी साझा सवालमा प्रश्न उठ्यो । कार्यक्रमका अतिथि बनेका रोल्पा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद, अहिले नेकपाका स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले सोही कार्यक्रमका दौरा सहिद भुवानका बुढा बाबा, आमा मात्रै हैन सिंगो रोल्पा जिल्लाको फुसको छानो हटाएर जस्ता पाता लगाउने घोषणा गरेका थिए । संगसंगै मन्त्री पुनले भनेका थिए, ‘सहिद भुवनका बुबा मंगले बुढाको घर निर्माणको सम्पुर्ण जिम्मेवारी म लिन्छु ।’ 

अन्तत  एक वर्षअघि २०७४ साल माघ २ गते उनले मंगले बुढाको घर बनाउनका लागि जग बसाएका थिए । एक वर्षपछि उनले घर उद्घाटन गरेर हस्तान्तरण समेत गरेका छन् । 


मङ्गले दम्पत्तिको कुरा सुनेर निवर्तमान सभामुख ओनसरी घर्तीमगरले आँशु थाम्न नसकेको र पूर्व अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन “अनन्त”ले भावुक भएर घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएका थिए ।

सांसद सुरक्षित आवास कार्यक्रम अन्तर्गत सहिद परिवार मङ्गलेको घर निर्माणको काम सम्पन्न गरेको नेता पुनको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री पुन शुक्रबाट  जेलबाङ पुगेर मङ्गले बुढा दम्पत्तिको घर उद्घाटन गरेका हुन् । केही समय अघिनै निमार्ण सम्पन्न भएको घरमा मंगले दम्पत्ति बस्दै आएका थिए ।


 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर