अपाङ्गता भएका व्यक्तिलाई पोखरा महानगरले परिचयपत्र वितरण गर्ने

पोखरा । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पोखरा महानगरपालिकाबाट वितरण हुने भएको छ । महिला तथा बालबालिका कार्यालय पोखरा महानगरपालिका मातहत आएपछि अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण महानगरले गर्ने भएको हो ।

परिचयपत्र वितरणका लागि आवश्यक कार्य्विधि र समिति नबन्दा अपाङ्गता भएका ब्यक्तिहरुले परिचयपत्र प्राप्त गर्न सकेका थिएनन् । महानगरले अपाङ्गता भएका ब्यक्तिको परिचयपत्र वितरण कार्य्विधि २०७५ पारित गरे लगत्तै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ्गको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर