• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रदेश नामाकरणमा सकसः यसो गरुँ कि !

प्रदेशको नाम र राजधानी तोक्न सक्नुभएन ? आउनुहोस् हाम्रै परम्परा र प्रचलनका आधारमा सजिलोसँग समस्या समाधान गरौँः

१. नामकरण : पालो प्रणाली 
हामी कहाँ पालो प्रणाली उहिल्यै पृथ्वीनारायणको मोहोर भन्दा पुरानो र समस्या समाधानको सन्जीवनी बुटी हो । पूर्वीय ज्योतिषमा ९ ग्रहहरू पालैपालो राजा मन्त्री हुन्छन् । लोकपरम्परामा मरौपरौमा मानाचामलको पालो हामीलाई था’ छँदैछ । राजनीतिमै हेरौँ पालैपालो अध्यक्षता गर्ने राजनीतिक अभ्यास अद्यापि प्रचलनमा छन् । यही प्रणाली लागु गरेर प्रदेशको नामकरण गर्न सकिन्छ । उदाहरणका लागि मेरो १ न प्रदेशको नामाकरण यसरी गर्न सकिन्छः

जेठभर : सगरमाथा प्रदेश (पहिलो सगरमाथा आरोहणको सम्मान)
असार- भदौ: कोशी प्रदेश (वर्षा, खेती, कुलो...को प्रतीक) 
अरू महिनामा के के नाम राख्ने संस्कृतिविद्, इतिहासविद, भूगोलविदको सल्लाह लिन सकिन्छ । सम्भावित थप नाम : किरात, लिम्बुवान, सेर्पा, कोचिला, विराट, .........

२. प्रदेश राजधानी : घुम्ती प्रणाली 
मानिस सुरुमा घुमन्ते प्राणी हो । राणा कालमा दौडाह टोलीले शासन गर्थ्यो । राजा र राणाजीका घुम्ती बसोबास र सिकारको इतिहास बताइरहन परोइन । मैले घुम्ती टोलीबाट नागरिकता लिएथेँ । हाम्रो यही विरासतलाई कायम गर्दै प्रदेश राजधानी तोके समस्या चट् । उदाहरणका लागि मेरो प्रदेशमा 
विराटनगर : पुस र माघ (लामखुट्टे कम लाग्ने)
इटहरी -धरान-फागुन र चैत 
गाइघाट - बैशाख १-१५
ओखलढुंगा - वैशाख १६-मसान्तसम्म 
सोलु सल्लेरी -जेठ १- १५
दिक्तेल -जेठ १६- मसान्तसम्म 
भोजपुर : असार १-१५
टुम्लिङ्टार : असार १-मसान्तसम्म 
धनकुटा : साउन 
तेरथुम : भदौ १-१५
ताप्लेजुङ : भदौ १६- मसान्तसम्म 
पाँचथर : असोज १- १५
इलाम : असोज १६- कार्तिक १५ 
झापा : कार्तिक १५- मंसिर मसान्तसम्म ।

फेसवुकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर