• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मिथिलामा ‘लाई’ को प्रयोग बढ्दै

गोपालप्रसाद बराल/महोत्तरी । ‘खाजा खाउँ...लाई, सनेस (कोसेली) पनि पठाउँ लाई नै ।’ अहिले महोत्तरीसहितको मिथिला क्षेत्रमा तील, चिउरा र मुरीबाट बनेका लाई (लड्डू) को प्रयोग बढ्दो छ । तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै घरमा आउने आफन्तको स्वागतमा लाई नै प्रयोग हुने गरेको छ । मिथिलामा माघ महिनाभर लाई बनाएर सनेस पठाउने परम्परा नै बनिसकेको छ । 

घरमुली मिथिलानी (घरकी मुख्य महिला) ले तिलासक्रायत पर्व मनाइएसँगै घरका अन्य सदस्य अहिले लाई बनाएर विवाहित छोरी, दिदीबहिनी, पूmपू, मित्र र अन्य आफन्तका घरमा सनेस पु¥याउन व्यस्त देखिन्छन् । लाई बनाउने काममा एकले अर्कोलाई सहयोग गर्ने टोल तथा छरछिमेकमा अहिलेसम्म चलन चल्दै आएको छ । ‘हामी आपसमा लाई बटार्ने दिन मिलाउँछौँ’, छिमेकका जेठानी, देउरानी र छोरी, भतिजीलाई वरिपरि राखेर लाई बनाउन व्यस्त महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरकी शान्तिदेवी साहले भनिन्, ‘यो माघ महीनामा हामी महिलाको रमाइलो गर्ने र हाँसखेल गर्ने अवसर पनि लाई बनाउँदा नै मिल्ने गर्छ ।’ 

तिलासक्रायत पर्व घरमा मनाइएसँगै ‘सनेस’ पठाउने क्रम सुरु हुन्छ । आफ्नो घरको अनुकूलताअनुसार माघभरि नै ‘सनेस’ पठाउने चलन छ । लाई बटार्ने काम महिलाले गरे पनि ‘सनेस’ बोकेर आफन्त कुटुम्वकहाँ पुरुष नै जाने गर्छन् । ‘पर्वकै दिन सानो छोराले तिलासक्रायत पर्वको सनेस छोरीकहाँ पु¥याएर आयो’ अझै तील, चिउरा र मुरीका लाई बनाउन लागिरहनुभएकी भङ्गाहा नगरपालिका–४ थारुटोल बनराकी रामसुनरदेवी थारूले भनिन्, ‘अब ननद (नन्द) र मित को घरमा जान बाँकी छ, त्यसैले लाई बनाइरहेछुु ।’ 
खासगरी छोरी, दिदीबहिनी, पूmपु र मितको घर ‘सनेस’ पु¥याउन छुट्न नहुने मान्यता नै रहेको जिल्लाकै औरही नगरपालिकाको भोइल बस्तीका पाका किसान ७० वर्षीय मोहन महतोको भनाइ थियोे । मिथिलामा माघभरि घरको खाजामा लाई खाने गरिएकैले अहिले घरघरमा लाई बनाउने मुख्य काम बनेको बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी दिपीयादेवी महतोले जानकारी दिइन् । 

खासगरी जाडो याममा सख्खर, घ्यू र खुवाका परिकार खाँदा स्वास्थ्य ठिक रहने भएकाले छिप्पिदो जाडोमा माघे सङ्क्रान्तिदेखि सिङ्गै महिनाभरि नै यी सामग्री मिसाएर बनाइने तील, चिउरा र मुरीका लाई खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेकोे बर्दिवास–२ की स्वास्थ्यकर्मी रश्मी दत्तले उल्लेख गरिन् । 

‘सनेस’ पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा लाई नै सबैको रोजाइको परिकार बनेपछि मिथिलामा हिउँदभरि लाईको समय हुने गरेको यहाँका बुढापाका बताउँछन् ।मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र तिलासक्रायत पर्वको ‘सनेस’ आफन्तजनका घरमा पु¥याउने परम्परा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर