• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ग्रामीण परिवेशमा परम्परागत पशु चिकित्साको अभ्यास

पृष्ठभूमि: 
पशुपंछीले मानिसलाई खानेकुरा, लुगाफाटो, श्रम, मल तथा नगद आयश्रोत उपलब्ध गराउने हुँदा यिनीहरुसँग मानिसको आत्मीय सम्बन्ध शिकार युगदेखि नै रहँदै आएको छ । पशुपंछीहरु मानवीय संस्कृति सम्पदा तथा सभ्यताको महत्वपूर्ण अंग पनि मानिन्छ । पशुपंछीलाई स्वास्थ्य राख्न परम्परागत उपचार पद्धति शताब्दियौँदेखि प्रचलनमा प्रयोग हुँदै आएको तथ्य भेटिन्छ । 

पश्चिमा चिकित्सा प्रणालीको विकास हुनुभन्दा पहिले पशुपालक यही परम्परागत पशु चिकित्सा अभ्यासमा पूर्णरुपमा आश्रित थिए भन्दा हुन्छ । यदि, विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई हेर्ने हो भने विकासशील देशका ८० प्रतिशत जनसमुदाय तथा तिनले पालेका पशुपंछीमा देखिने रोगव्याधिको उपचार रोकथाम तथा नियन्त्रणका लागि मुख्यतया यिनै परम्परागत उपचार अभ्यासमा आश्रित छन् । यी परम्परागत उपचार अभ्यासलाई इथनो भेटेरीनरी मेडिसिन भनिन्छ । 

लेखक

यसलाई परम्परागत जनसमुदायको विश्वास दक्षता, प्रविधि र अभ्यास जुन पशुको स्वास्थ्य हेरचाह गर्न अभ्यास गरिन्छ र यो पुस्ता दर पुस्तामा हस्तान्तरण हुँदै जाने सीपका रुपमा परिभाषित गरिन्छ । म्याक कोरकले १९९५ मा परम्परागत चिकित्सा तथा पशुचिकित्सा प्रणालीलाई परिभाषित गर्दै भनेका छन्, ‘एउटा वृद्ध अन्तरसम्बन्धित स्थानीय ज्ञान यससँग सम्बन्धित सीप, अभ्यास, विश्वास, प्रयोगकर्ता, सामाजिक संरचना स्वास्थ्य पशुपालन जसबाट भोजन, श्रम तथा आयआर्जन गराउने पशुपंछीहरुलाई दृष्टिकोणमा राख्दै यसको प्रयोग पशुपंछीको उत्पादन विकासमा तथा जीवकोपार्जन प्रणालीमा जसको अन्तिम लक्ष्य मानव कल्याण तथा सम्वृद्धि पशुपंछी पालनबाट हुने गरिने क्रियाकलापलाई मानिने छ ।’ इ.स. १९८० को ताकाबाट यस्ता पारम्परिक ज्ञान सीप प्रविधिको अभिलेखकरण तथा यसको आधिकारिक पुष्टितर्फ ध्यान आर्कषित हुन थालेको पाइन्छ । 

पारम्परिक पशु चिकित्सामा प्रयोग गरिने औषधिको श्रोतहरु :
प्राकृतिक उत्पादन जुन पारम्परिक चिकित्सा अभ्यासका क्रममा प्रयोग गरिन्छन् तिनहरु औषधि जन्म जडिबुटिजन्य बिरुवा र तिनका उप–उत्पादन खान हुने माटो, मुल्तानी माटो खरी जुन ढुंगा, खनिजहरु तथा जनावरको शरीरको माग तथा जनावरका उत्पदान प्रमुख मानिन्छन् । बोट बिरुवाहरुः औषधिजन्य जडिबुटीका सबै मागहरु, पात बोक्रा, फलफूल, बियाहरु औषधि बनाउन प्रयोग गरिन्छ । बोटविरुवाहरु प्रायःजसो परम्परागत पशु चिकित्सा अभ्यासमा औषधि बनाउन प्रयोग गरिने घटकमा पर्दछन् । 

खानयोग्य माटो तथा खनिजहरुः 
खानयोग्य माटो खास गरी धमिरा कमिलाको गुडको माटो परम्परागत पशु चिकित्सा अभ्यासमा प्रयोग गरिन्छ । निबिषी कारण तथा विषाक्ति बाँधेर बाहिर साधारणतया चुनढुंगा प्रयोग गरिन्छ । 

जनावरको शरीरको भाग तथा पशुजन्य उत्पादनहरुः 
हाड, छाला, दुध, नौनी, पिसाब, गोबर सामान्यतया परम्परागत पशु चिकित्सा अभ्यासमा औषधिको रुपमा प्रयोग गरी पशुका शरीरको भाग तथा पशुजन्य उत्पादन मानिन्छ । 

अन्य औषधिजन्य सामाग्रीहरु :
खाने बनस्पतिजन्य तेल, मह तथा नुन यिनमा रोग निको पार्ने तथा स्वास्थ्य संरक्षण गर्ने क्षमता भएका कारण परम्परागत पशु चिकित्सा अभ्यासमा प्रयोग गरीन्छ । 

परम्परागत पशु चिकित्सा अभ्यासमा प्रयोगका लागि औषधि बनाउने विधिहरु: 
धुलो, पाउडर, बोक्रा, जरा, पातहरु वा सम्पूर्ण बोट सुकाएर पिनिन्छ अनि धुलो पाउडर बनाइन्छ । यसलाई आवश्यक परेमा चालेर मसिनो खुवाउन सकिन्छ वा नुनमा मिसाएर खान दिइन्छ । यी चुर्नलाई निबिषिकरण गर्न वा ज्वरो कम गर्न प्रयोग गर्न सकिन्छ ।

लेप (पौलटिस) : औषधिजन्य धुलो चुर्णलाई तातोपानी मिसाएर लेदो वा लेपजस्तो बनाएर प्रभावित भागमा प्रयोग गर्न सकिन्छ । यी औषधिको लागि बनाइएको सामाग्री भागमा सुन्निएको ठाउँमा दरफराएको कोतरेको तथा चराएको ठाउँमा सञ्चो गराउन प्रयोग गराउन सकिन्छ, यसबाहेक पिलो घाउ पकाउन पिप निकाल्न, छालामा अड्केको विषालुपदार्थ केही चिज गडेको निकाल्न प्रयोग गर्न सकिन्छ । 

मल्हम तथा क्रिमः बोटबिरुवाको मसिनो धुलो चुर्णलाई नौनी वा खाने तेलमा मिसाएर मल्हम तथा क्रिम बनाउने गरिन्छ । यी मल्हमहरु दरफराएको मर्केको भागमा दलेर लगाइन्छ । 

डिकोकसनः चिया बनाउने 
बोटबिरुवाबाट प्राप्त सामाग्रीहरुः – साना टुक्रा पारी पानीमा मिसाएर १५–३० मिनेटसम्म उमालेर औषधि बनाइन्छ । यसरी औषधि बनाउँदा माटो वा स्टिलको भाडा प्रयोग गरिनुपर्दछ, आल्मुनियमको भाडा प्रयोग गरिनु हुन्न । 
इन्फयुजनः खुवाउने झोल बनाउनेः बोटबिरुवाका मसिनो पारी काटिएका भाग राखिएको भाडामा उम्लिएको तातो पानी राखेर १० देखि २० मिनेट छोपेर राख्ने जबसम्म बोटबिरुवामा भएका औषधिजन्य तत्वहरु पानीमा संग्रहित हुन सकोस् । पानीलाई छानेर औषधि संग्रहित पानी छुट्याउने गरिन्छ । यसरी तयार गरिएको औषधियुक्त पानी तातो वा चिसो अवस्थामा खुवाउन सकिन्छ । 

चिसोपानीमा औषधि तत्व संग्रहित गर्ने 
बोटबिरुवामा पाइने केही औषधिजन्य क्रियाशील अवयवहरु उमाल्दा तताउँदा पकाउँदा विग्रहित भएर जाने गर्दछन् । त्यसैले औषधिजन्य बोटबिरुवाको भागलाई स–साना टुक्रालाई चिसोपानीमा रातभरी भिजाएर राख्ने पानीमा संग्रहित हुन पुगेको औषधि पानी छानेर प्रयोग गर्ने । यसरी बनाइने औषधि जहिले पनि ताजा बनाएर प्रयोग गर्नुपर्ने हुन्छ । 

टिँचर :
७०–८० प्रतिशत पानी २०–३० प्रतिशत अल्कोहल र बोटबिरुवाबाट प्राप्त हुने औषधिजन्य तत्व मिसाएर टिंचर बनाइन्छ । बोटबिरुवाबाट प्राप्त सामाग्री पानीको झोलमा एकदेखि धेरै दिन राखी औषधिजन्य तत्व संग्रहित गरिन्छ । यसरी तयार पारेको टिंचरलाई छानेर शरीरभित्र या शरीर बाहिर प्रयोग गर्न सकिन्छ । 
 

धुवा लगाउने : सुकेको वा भिजेको बोटबिरुवाको भाग दनदनी बलेको आगोमा हाली डढाइन्छ । यसबाट निस्कने धुँवा जनावरको शरीरको सम्र्पकमा आउँछ जुन जनावरको बाह्य परजीवीविरुद्ध प्रभावकारी मानिन्छ । 
इथनो भेटेरिनरी उपचारमा जुन प्रायःजसो अभ्यास गरिन्छः
 
कोलाई व्यासिलोसिस सेप्टिसेमकी कोलाई व्यासिलोसिसः 
अदुवाको धुलो चुर्ण ५० ग्राम मेथीको दाना २५ ग्राम नुन  आवश्यकतानुसार सबै मिसाएर मसिनो खान दिने वा पाइप बोतलको सहयोगले ४ देखि ६ घण्टाको फरक पारी २ वा ३ पटक खुवाउने ।
 
साल अड्केको अवस्थामाः 
सातवटा भान्टाको फुल, एक टुक्रा (एलानजिउम सालभिफोलिय) अकोला, अम्फिको जरा सातवटा धानको गेडा थोरै पानी मिसाएर पिँध्ने । यसरी तयार भएको लेदो खान दिने । यस्तो जनविश्वास छ कि उपरोक्त सामग्री एउटा टाँलोमा बाँधेर गाइभैसीको दाम्लोमा झुन्डयाउँदा पनि साल झर्छ । पाँचदेखि दश ग्राम (एचिरान्थेसास्पोरा) दतिवनको जरा आधा गिलास पानीमा उमालेर आधा बनाउने र खान दिने । अध्कल्चो पाकेको भात मनतातो पानीमा खान दिने । १० ग्राम (एनेथुमगर एमेवोलेन्स) सुपको जरा तथा सुकेको अदुवा १ कप पानीमा उमाल्ने अनि चिसो छान्ने । यसरी तयार भएको औषधि पानी ४०–५० ग्राम खुदोमा मिसाएर खान दिने (सिसस कवान्ड्रागुलारिस) जंगली अंगुरको सिँगो बोटलाई पिँधेर मन्जनजस्तो लेदो बनाउने र खान दिने यसले साल खस्न खसाल्न सहजीकरण गर्दछ । (ट्राइबुलस टेरेस्ट्रिस) गोखुरको दानाको मन्जनजस्तो लेदो खान दिँदा साल चाँडै तथा सजिलै झर्छ । 

काँध लाग्ने, सुन्निनेमाः
निमको पात पानीमा उमालेर प्रभावित भागमा दलेर पानीले सेक्ने । सालको रेसिन, खोटोको पाउडर, कयाम्फर पाउडर ताजा नरिबलको तेलमा मिसाएर मल्हम बनाई प्रभावित भागको बाहिरपट्टि लगाउने । सुपारीको चुर्ण संग्रहित निमको पात, (बरलेरिया प्रियोनाइटस) सोमोलताको संग्रहित पात प्रभावित भागमा लगाउने । बेसारको धुलो दल्ने । (स्क्रिपस ग्रोसुस) कसेरू तथा (ऐलियम साटियम) लसुनको पात डाँठबाट संग्रहित औषधि तत्व मिसाएर दल्ने । (साइजियम जम्बोलानम) गुलाव कालो जामुनको जरा र बोक्रा थोरै पानीमा मिसाएर मल्हमजस्तो लेदोजस्तो पिँधेर बनाएर प्रभावित भागमा दलेर लगाउने । (लुफा एकुटान्गुला) घिरौँलाको पातको मन्जनजस्तो लेदो बनाई प्रभावित घाँटीको भागमा लगाउने । 

परम्परागत पशु चिकित्साजन्य औषधिका फाइदाः 
सजिलै उपलब्ध, सजिलै बनाउन सकिने, प्रयोग गर्न सकिने, सस्तो, किफायती मूल्य, सित्तैमा उपलब्ध, आफ्नै संस्कृति परम्पराको एउटा अंश, आधुनिक औषधिजस्तो औषधि प्रतिरोधक क्षमता विकास हुने डर नहुने, पशुपंछीबाट उत्पादित खाद्यपदार्थमा औषधिजन्य अवशेषको परिलो नहुने । एन्टिबायोटिकजस्ता औषधिको दुरुपयोग नियन्त्रण गर्न सहयोगी भूमिका खेल्ने ।

परम्परागत पशुचिकित्सा अभ्यासका सीमितताः 
केही अभ्यासहरु अप्रभावकारी केही नोक्सान देह जडिबुटीजन्य औषधिको गुणस्तर कायम राख्न गाह्रो तथा झन्झटिलो । सही रोग, निदान हुन नसक्ने जोखिम अपूर्ण मात्राको प्रयोग हुने जोखिम, लिखित अभिलेखको अभाव, न्यून स्वस्थ्य गुणस्तर ।

निष्कर्षः 
इथनो– भेटेरीनरी औषधि विज्ञानलाई आजको युगमा एउटा बैकल्पिक पर्यावरणमैत्री सुरक्षित आर्थिकरुपमा सबल पशुको स्वास्थ्यमा हुने गडबडी रोक्ने औषधिको रुपमा मानिन थालिएको छ । यति हुँदाहुँदै पनि उचित अभिलिखकरणको अभाव आधुनिक चिकित्सा अभ्यासकर्मीको यसप्रति उदासिनताले यसको विकासमा अवरोध पु¥याउने गरेको छ ।

परम्परागत ज्ञान, सीप, प्रविधिको वैज्ञानिक अभिलेखिकरण गुणस्तरको विकास तथा मान्यता दिनु अत्यन्त आवश्यक देखिन्छ । साथै हामी कहाँ उपलब्ध औषधिजन्य जडिबुटीको अभिलेख, तिनबाट प्राप्त गर्न सकिने औषधि तिनको व्यवहारिक प्रयोगबारे सरोकारवालामा सचेतना एवं आवश्यक अध्ययन अनुसन्धानतर्फ हाम्रो ध्यान जान जरुरी देखिन्छ । 
(एमभिएस्सी प्रिभेन्टिभ भेट मेडिसिन सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटी फिलिपिन्स)


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर