बुटवल उवासंघ र गुजरात उवासंघवीच समझदारी पत्रमा हस्ताक्षर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ र भारतको गुजरात उद्योग वाणिज्य संघ बिच दुई स्थानको औद्योगिक व्यापारीक क्षेत्रको बिकास, अनुभव आदान प्रदान र सस्थागत बिकासका सम्वन्धमा शनिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको गुजरातमा शुक्रवार देखि जारी गुजरात ग्लोवल समिटका अवसरमा शनिवार बुटवल उद्योग वाणिज्य संघ र गुजरात उद्योग वाणिज्य संघ बिच सहमति पत्रमा हस्ताक्षर भएको हो । 

गुजरातका मुख्यमन्त्रि बिजय रुपानी, उद्योग मन्त्रि गिरीराज सिंहलगायत गुजरातका मन्त्रिहरु, बिभिन्न देशका उद्योग बाणिज्य संघका अध्यक्ष तथा बरिष्ठ उद्योगपतिहरुको उपस्थितिमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमाल र गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा जयमिन भाषाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरे । 

आइतवारसम्म चल्ने भिबरन्त गुजरात ग्लोवल समिटमा १ सय भन्दा बढी देशका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको छ । यसै अवसरमा प्रदृशनी समेत आयोजना गरीएको छ । प्रदशनीमा प्लाष्टिक, इञ्जिनियरिगं, अटो, कृषि, खाद्य प्रशोधन, टेक्सटायल, सेरामिक्सका उद्योगहरको प्रदर्शन गरीएको छ । 

समिट तथा प्रर्दशनीमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष हमाल सहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पुर्वअध्यक्ष तथा सल्लाहकारहरु सुरेन्द्र प्रसाद श्रेष्ठ, जीवन प्रसाद वझा, अर्जुनमान सैजू र नवराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, वाणिज्य उपाध्यक्ष हरी अर्याल, महासचिव दिनेश प्रसाद श्रेष्ठ, कोषाध्यक्ष बिमलराज भट्टराई, सचिव कमल पौडेल र कार्यसमिति सदस्यहरु नबिन श्रेष्ठ, निर्मित कसजू, सञ्जय जैसवाल, मनोज ध्वजू, मुक्ति अधिकारी, प्रतिक पोखरेल, शुक्रप्रसाद बस्याल, प्रकाश श्रेष्ठ, दिनेश श्रेष्ठ तथा कार्यकारी सचिव सञ्जय ज्ञवाली र पत्रकार डायलसन अधिकारी सहभागि छन ।  त्यस्तै महिला उद्यमी पूजन श्रेष्ठ, युवा उद्यमी निखिल वझा, व्यवसायी अशोक कुमार श्रेष्ठ र कृष्ण प्रसाद ज्ञवाली पनि भ्रमण टोलीमा रहेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर