• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘लण्डन डर्बी’मा आर्सनलको जित

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको ‘लण्डन डर्बी’मा आर्सनलले जित निकालेको छ ।

शनिबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसंगै आर्सनलले प्रिमियर लिगको शीर्ष चार भित्रको दौडमा आफुलाई कायम राख्न सफल भएको छ । आर्सनल ४४ अंक सहित पाँचौ स्थानमा छ ।

चौथो स्थानको चेल्सी मात्र ३ अंकले अगाडी छ । घरेलु मैदानमा आर्सनलले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसकेपछि आर्सनलले महत्वपुर्ण जित हात पारेको हो । खेलको १४ औ मिनेटमा एलेकजेन्टर लाकाजेट्टीको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।

३९ औ मिनेटमा लाउरेन्ट कोस्सिल्नीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर