• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

फ्रेन्च लिग : पीएसजीको ह्याट्रिक, गुइनग्याम्पको पोस्टमा ९ गोल

एजेन्सी । फ्रेन्च लिग वनमा पीएसजीले गुइनग्याम्पमाथि ९–० को जीत निकालेको छ ।

नौ दिन अघि फ्रेन्च कपको खेलमा गुइनग्याम्पसँग पीएसजी २–१ ले पराजित भएको थियो । पेरिसमा भएको खेलमा पीएसजीको जीतमा केलियन एमबाप्पे र इडिन्सन कभानीले ह्याट्रिक गरे भने नेयमारले दुई गोल गरे । एघारौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

३७ औं र ४५ औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफअघि ३–० को अग्रता लियो । तालिकाको पुछारमा रहेको गुइग्याम्प दोस्रो हाफमा झन निरिह बन्यो । उसले दोस्रो हाफमा ६ गोल खायो । ५९औं मिनेटमा कभानीले गोलको खाता खेले ।

 ६६औं मिनेटमा कभानीले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले ५–० को अग्रता लियो । त्यसको दुई मिनेटपछि नेयमारले पनि ब्यक्तिगत दोस्रो गोल पूरा गरे । ७५औं मिनेटमा कभानीले ह्याट्रिक गर्दा पीएसजीले ७–० को अग्रता लियो । ८० औं मिनेटमा कभानीको पासमा गोल गरेपछि एमबाप्पेले पनि ह्याट्रिम पूरा गरे भने पीएसजीले ८–० को अग्रता लियो ।

एमबाप्पेले यो सिजन लिगमा १४ गोल र्पुयाउँदै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् । ८३औं मिनेटमा थोमस मुनिरले गोल गरेर पीएसजीलाई ९–० को जीत दिलाए । जीतसँगै पीएसजीले १३ अंकको अग्रता लिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर