• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

 कवि राम वर्तौलाको कविता सङ्ग्रह ‘राष्ट्र उद्गार’ सार्वजनिक

काठमाडौं । युवा कवि राम वर्तौलाको कविता सङ्ग्रह ‘राष्ट्र उद्गार’ सार्वजनिक भएको छ । उक्त कविता सङ्ग्रहमा राष्ट्रियताको भावना जागरण गराउने विभिन्न शीर्षकका ३० वटा कविता रहेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कविता सङ्ग्रहको विमोचन  पूर्वप्रधानमन्त्री झलनाथ खनालको हातबाट गरिएको थियो ।

सांसद रामनारायण बिडारीले साहित्यकारले सत्य ज्ञानमा आधारित भएर समाज परिवर्तन गर्ने खालको साहित्य सिर्जना गर्नुपर्ने बताए । समीक्षक रामप्रसाद ज्ञवाली र पुण्य विश्वास गौतमले कविको कविता सङ्ग्रहमा बुद्ध पुनःएकचोटी जन्म लेउ जस्ता मार्मिक कविता रहेको बताए ।

कवि राम वर्तौला आँसुले देशमा परिवर्तन भए पनि जनतामा असन्तोष अझै रहेको भन्दै त्यसलाई बाहिर खोतल्ने हिसाबले यो कविता सङ्ग्रह लेखेको बताए ।

‘बुद्ध पुनःएक चोटी जन्म लेऊ’, ‘शब्दप्रतिको प्रेम’ र ‘अस्तित्वको खोजी’ जस्ता शक्तिशाली कविता समावेश ‘राष्ट्र उद्गार’ बर्तौलाको पाँचौ कृति हो ।यसअघि उनले गजल, कविता, गाँउखाने कथा र सामान्य ज्ञान समेत प्रकाशन गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर