सराङकोट सडकको मापदण्डप्रति स्थानीय आन्दोलित

कास्की । पोखराको विन्ध्यवासिनी, सराङकोट, कास्कीकोट, अन्नपूर्ण गाउँपालिका मोटरबाटोमा जनतासँग छलफल नै नगरी मापदण्ड तोक्न खोजेको भन्दै स्थानीय आन्दोलित भएका छन् । 

उनीहरुले संघर्ष समिति समेत गठन गरेका छन् । विन्ध्यवासिनीदेखि नौडाँडासम्मको सडकको मापदण्ड अहिले सकड विभागको सेन्टरबाट ५–५ मिटर भए पनि महानगरले सेन्टरबाट १०–१० मिटर र थप दुई÷दुई मिटर नालाका लागि मापदण्ड तोक्न लागेको भन्दै संघर्ष समिति गठन गरेका हुन् ।

संघर्ष समितिको अध्यक्ष रामचन्द्र त्रिपाठी, उपाध्यक्ष हुमनाथ पराजुली, सचिब छबीलाल दाहाल, सह सचिब गंगा गिरी रहेका छन् । यसैगरी पोखरा महानगर पालिका २४, कास्कीकोटबाट सदस्यमा बिष्णु कुमार श्रेष्ठ, गणेशभक्त बस्ताकोटी, नरहरी दाहाल, मेघराज सुबेदी, डिल्लीराम सुबेदी, टिकाराम, शालिकराम पौडेल, टलक परियार, देवबहादुर परियार, दिपक अधिकारी, नारायण सुबेदी, देविका सुबेदी, गिरीधारी सुबेदी, चुडामणी सुबेदी, मानबहादुर कार्की, नविन बस्ताकोटी, गणेश पुरी, बामदेव बस्ताकोटी अन्नपूर्ण गाउँपालिका–१ बाट सदस्यमा चेतभक्त लम्साल, नारायणी दाहाल, लक्ष्मी दाहाल, नवराज दाहाल, नरवहादुर बिक, दुर्गादत्त दाहाल, याम प्रसाद तिवारी, बुद्दी बहादुर कुवर, शिव प्रसाद दाहाल, हर्कबहादुर सुनार, पोखरा १८, सराङकोटबाट सदस्यमा गणेश गिरी, महेन्द्र अधिकारी, मिलन थापामगर, यदुराज रेग्मी रहेका छन् ।

चेतकुमार श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले समिति गठन गरेको हो । संघर्ष समितिले पोखरा महानगरपालीका, वडा नम्वर १, १८, २४ र अन्नपूर्ण गाउँपाललिकालाई आफ्ना मागहरु सहित ज्ञापनपत्र दिने र थप संघर्षका र्कायक्रम राख्ने जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर