सिसि क्यामराले भेटियो बिदेशी नागरिकको रकम र कागजात

कास्की । बैदाम प्रहरीले लेकसाइडमा जडान गरेको सिसि क्यामराको सहायताले बिदेशी नागरिकको करिब १ लाख ५० हजार बराबरको नगद र महत्वपूर्ण कागजात खोजेर सम्बन्धित व्यक्तिलाई सुम्पिएको छ ।

कोरियाबाट नेपाल घुम्न आएका प्रोफेसर किम कु हायुन र उनका साथी उ सीइ हो को नगद, पासपोर्ट र अन्य कागजपत्र सहितको झोला खोजेर उनीहरुलाई सुम्पिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए ।

शुक्रवार साँझ लेकसाइड स्थित खहरेबाट दुबैजना ट्याक्सी चढेर अम्बोट जाने क्रममा नगद र कागजपत्र सहितको झोला ट्याक्सीमै छुटाएका थिए । ट्याक्सी नम्बर ख्याल नगरेका उनीहरुले केही बेरसम्म ट्याक्सीवाला आफ्नो समान पुर्याउन आउला भन्ने आशमा प्रतिक्षा गरेपनि नआएपछि चिनजानका नेपाली साथीको सहयोगमा वडा प्रहरी कार्यालय बैदाम पुगेका थिए ।

वैदाम प्रहरीले उनीहरु ट्याक्सी चढेको स्थान खहरेदेखि झरेको स्थान अम्बोटसम्मको रुटमा सो समयमा गुड्ने सवै ट्याक्सीको सिसि क्यामरा मार्फत विवरण तयार पारी खोजतलास शुरु गर्ने क्रममा १६ घण्टा पछि सामान सुरक्षित फेला परेको डिएसपी कार्कीले जनाए ।

ग १ ज ३७३३ नम्बरको ट्यासीलाई शंका लागि कार्यालयमा ल्याई शोधपुछ गर्दा सोही ट्याक्सीमा सामान छुटेको खुल्न आएको डिएसपी कार्कीले बताए । ट्याक्सीमा छुटेको सामान ईमान्दारीका साथ प्रहरीलाई वा सम्बन्धित ब्यक्तिलाई बुझाउने प्रवृति नहुदा घुम्न आएको विदेशीले समेत सास्ती भोग्नुपरेको डिएसपी कार्कीले उल्लेख गरे ।

झोला हराएपछि पैसा भन्दा पनि पासपोर्ट नभएपछि नेपालबाट कसरी फर्कने भन्ने चिन्ताले ग्रसित भएका कोरियनहरुले आफुहरुको झोला सुरक्षित रुपमा फिर्ता पाएपछि खुसि व्यक्त गरेका छन् । उनीहरुले  खुसिहुदै आफूहरूले नाइँ भन्दा समेत ५० हजार बराबरको १ थान नाइट भिजन क्यामेरा आफुहरुलाई हस्तान्तण गरेको डिएसपी कार्कीले बताए ।

कार्कीका अनुसार उक्त क्यामेरा लेकसाइड क्षेत्रमा नै जडान गरिनेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर