• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अष्ट्रेलियन ओपनः विम्बल्डन च्याम्पियन कर्बर बाहिरिइन्, नाडाल क्वाटरफाइनल पुगे 

एजेन्सी । विम्बल्डन च्याम्पियन एन्जेलिक कर्बर अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छिन् ।

आइतबार भएको खेलमा विश्व नम्बर २ कर्बर ३५ औँ वरियताकी डेनियल कोलिन्ससँग पराजित भएकी हुन् । ५६ मिनेट भएको प्रतिस्पर्धामा कर्बर ६–० र ६–२ ले पराजित भइन् । क्वाटरफाइनल प्रवेश गरेकी कोलिन्सले सेमिफाइनल प्रवेश गर्न स्लोएन्स स्टेफेन्स र रुसी  एनस्तासिया पाभ्लुचेन्कोभा मध्य एकजनासँग प्रतिस्पर्धा गर्नेछिन् । पछिल्ला पाँच ग्राण्डस्लाम प्रतिस्पर्धामा कोलिन्स पहिलो चरण पार गर्न सकेकी छैनन् । 

यस्तै अष्ट्रेलियन ओपनको पुरुष एकलतर्फ स्पेनिस राफायल नाडाल क्वाटरफाइनल प्रवेश गरेका छन् । टोमस बर्डिचलाई ६–०, ६–१ र ७–६ ले हराउँदै ३२ वर्षे नाडाल अन्तिम ८ मा पुगेका हुन् । नाडालले यसअघि १७ पटक ग्राण्डस्लाम जितिसकेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर