माथिल्लो तामाकोशीको सेयरमा चलखेलको आशंका, सुचक पनि घट्यो

काठमाडौं । माथिल्लो तामाकोशीको सेयर व्यापक चलखेल भएको आशंका गरिएको छ । तामाकोशीको सेयर सम्बन्धमा अनावश्यक हल्ला फिंजाएर साना लगानीकर्ता फसाउने खेल खेलिएको हुनसक्ने एक सक्रिय लगानीकर्ताले बताए । 

कारोबार शुरु भएको पाँच दिन लगातार १० प्रतिशतले कम्पनीको सेयर मुल्यको वृद्धि हुनु साथै आइतबारको कम्पनीको सेयर मुल्यमा देखिएको अप्रत्याशित घटबढले सो कुराको संकेत गरेको उनको भनाई छ । 

आइतबार कम्पनीको सेयर खरिद बिक्रिमा चाप पर्दा नेपाल स्टक एक्सचेञ्जको साइटमा नै समस्या आयो । जसका कारण केही समयका लागि कारोबार नै बन्द गर्नु पर्यो  साथै नेप्सेको साइटमा समस्या आउँदा कारोबार पछिल्लो घण्टामा लगानीकर्ताले मार्केट डेप्थ हेर्नबाट बञ्चित भए । 

नेपाल स्टक एक्सचेञ्जमा पुस २९ गते आइतबारदेखि  माथिल्लो तामाकोशीको सेयर कारोबार खुलेको थियो । कारोबार खुलेको दिनमा नै उच्च रेञ्जमा कारोबार भएको कम्पनीको सेयर भाउ सोमबार १० प्रतिशतभन्दा बढी ५० प्रतिशत ले मूल्य वृद्धि हुँदा कारोबार रद्ध भएको थियो । त्यसयता लगातार पाँचदिनसम्म कम्पनीको सेयर भाउ करिब १० प्रतिशतले बढेको थियो । गत बिहीबार कम्पनीको सेयर प्रतिकित्ता झण्डै १० प्रतिशतले बढेर ३११ पुगेको थियो । 

यस साताको पहिलो दिन आइतबार आज पनि कारोबार खुलेको ५ मिनेटको अवधिमा तामाकोशीको सेयर ९ दशमलव ९७ प्रतिशतले बढेर ३ सय ४२ पुगेको थियो । मध्यान्हको पौने १ बजेसम्म सोही बिन्दुमा रहेको कम्पनीको सेयर भाउ त्यसपछि नै क्रमिक ओरालो लागेको थियो । ३ सय ११ रुपैयाँमा खुलेको कम्पनीको सेयर भाउ अन्त्यमा २९२ मा रोकिएको छ । 
आज कम्पनीको २३ करोड ४३ लाख ४ हजार ५ सय ३१ रुपैयाँको सेयर किनबेच भएको छ । 

आइतबार नेप्से सुचकमा पनि गिरावट आएको छ । आज नेप्से सुचक ८ दशमलव ६० अंकले घटेर १ हजार १ सय ७९ दशमलव १७ को बिन्दुमा आइपुगेको छ । 

यस दिन कुल १४३ कम्पनीको ३६ करोड ४५ लाख ३८ हजार ७३६ रुपैयाँको ११ लाख ५३ हजार ७३ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

त्यस्तैगरी आइतबार सर्वाधिक कमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । कम्पनीको सेयर भाउ ६ दशमलव ०९ प्रतिशतले बढेको छ । यता, सर्वाधिक गुमाउनेमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताहरु रहेका छन् । कम्पनीको सेयर मूल्यमा ६ दशमलव ३३ प्रतिशतले घटेको छ ।

एघार वटा समूहहरुको सेयर कारोबार भएको आजको बजारमा तीन वटा समूह बढेको छ भने बाँकी सबै समूह घटेका छन् । आज ट्रेडिङ, होटल र फाइनान्स समूहको सुचक उकालो लागेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर