• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

श्रीमतीको हत्यापछि आत्महत्या

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । 

आज बिहान ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमाको हत्या गरी आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकामा दुई पटक बञ्चरो प्रहार गरेका थिए । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेको बताए । उनको उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक दम्पतीका दुई छोरा छन् । एक नाबालक छोरा घरमै र अर्का छोरा गाउँमा रहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर