नेपाल पुँजी बजार संघको अध्यक्षमा चौधरी नियुक्त

काठमाडौं । नेपाल पुँजी बजार संघको अध्यक्षमा संरक्षणा चौधरी मनोनित भएकी छिन् । संघको नयाँ कार्यसमितिको उपाध्यक्ष दुर्गा प्रसाद काफ्ले, सचीवमा सञ्जीव शाही र सह–सचिव विशाल कडरिया रहेका छन् । 

त्यसैगरी संघको कोषाध्यक्षमा संगिता सुवेदी तथा कार्यसमिति सदस्यमा सरोज पुरी, पवन यादव र कन्चन तामाङ रहेका छन् । संघका पूर्व अध्यक्ष नवराज सुवेदी र राजन श्रेष्ठ सल्लाहाकार रहेका छन् । 

नवगठित समितिका अध्यक्ष संरक्षणा चौधरीले आफू संघको अध्यक्ष भएर मात्रै नभई स्वयं लगानीकर्ता भएर लगानीकर्ताको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएकी छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर