• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

डा गोविन्द केसीलाई वार्डमा सारियो

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दे आमरण अनसनमा रहेका डा गोविन्द केसीलाई आइसियूबाट नर्मल वार्डमा सारिएको छ ।

आफुले आइसियुमा उपचार गर्दा अत्यावशेष विरामीलाई असर पर्ने र बेड खाली नहुने भन्दै वार्डमा सार्न डा केसीले नै आग्रह गरेपछि आइसियूबाट सारिएको हो ।

उनलाई अस्पतालको ५०२ नम्बर बेडमा राखिएको छ । उनलाई छातीको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाइएको छ ।

डा केसीलाई छाती दुख्ने, रिंगटा चल्ने, मांसपेशीको दुखाइ र कमजोरीको समस्या देखिएको छ । चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमतिअनुसार व्यवस्था हुनुपर्ने लगायत माग राखेर १२ दिनदेखि डा केसी अनसनरत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर