• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

 नक्कली मह बरामद

नवलपरासी । पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ । राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय हँुदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि नक्कली महको व्यापार हुँदै गरेको सार्वजनिक भएको हो । 

बजारमा महको माग उच्च छ । मह बिक्रीका लागि भन्दै शहर बजारदेखि घरघरमा व्यवसायी आउने गर्दछन् । माग उच्च भएपछि व्यवसायीले नक्कली मह बनाएर उपभोक्तालाई बेच्ने गरेको पाइएको छ । 
नक्कली मह तयार पारेर बेचेको गुनासो आएपछि पश्चिम नवलपरासीको बर्दघाटमा प्रहरी बजार विकास समितिले छापा मारेर नक्कली मह बनाउने समूहलाई नियन्त्रणमा लिएको हो । 

पछिल्लो पटक प्रहरीले नक्कली मह बनाउँदै गरेको सूचनाका आधारमा बर्दघाट बजार विकास समिति, स्थानीय तहका प्रतिनिधि, प्रहरी र सञ्चारकर्मीको एक समूहले १२० लिटर नक्कली मह बरामद गरेको थियो । 

मह बनाउने स्थानमा कुहिएका मौरीका चाका, मरेका मौरी, चिनीका बोरा, फिटकीरी, ड्रममा कुहिएको अवस्थामा मह जस्तै देखिने पदार्थसमेत भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले नक्कली मह बनाउने कार्यमा सङ्लग्न ६ जनालाई नियन्त्रणमा लिएर खाद्य मिसावटअन्र्तगत मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए । 

तिनीहरूले घरभाडामा लिएर मरेका मौरी र कुहिएका मौरीको चाका प्रयोग गरेर गन्ध मात्र महको आउने बनाई अन्य पदार्थ मिसावट गरेर गाउँगाउँमा मह बेच्दै आएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर