• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री राई

इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको बताएका छन् ।  इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताए । 

 “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ”, राईले भने, “हामी नयाँ ढाँचामा काम गरेकाले केही समस्या आएको हो ।” 

फरक प्रसङ्गमा मुख्यमन्त्री राईले प्रदेश नं १ लाई आत्मनिर्भर बनाउने अभियानमा रहेको धारणा राखे । 

प्रदेशका पूर्वाधारलाई परिचालित गरेर प्रदेशमा सबै क्षेत्रमा आत्मनिर्भर बनाउने अभियान लागेको उनको भनाई छ ।

उनले प्रदेशले बजेटमात्र छुट्याएर नभई प्रविधितर्फउन्मुख भएर प्रदेशलाई नमूना बनाउने अभियानमा लागेको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर