• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मुसहर बालबालिकाले पाए न्यानाे कपडा

रौतहट । सदाको स्कूलले दिनभन्दा निकै भिन्न थियो त्यो दिन । पुष माघको समय यसै पनि हुस्सुले आधा विहानको समय गएको पत्तो नै हुँदैन । तर रौतहटको चन्द्रनिगाहापुर ४ स्थिति सन्तपुर बैतौनाको श्री दलित जन जागरण निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुको जाडो छिचोल्दै विद्यालयमा भएको उपस्थितिले सहजै अनुमान गर्न सकिन्थ्यो कि त्यहाँ केही हुँदैछ भनेर ।

अघिपछिको दिनभन्दा भिन्न रहेको विहिबारको दिन विद्यार्थीहरु पनि निकै खुशी मुद्रमा देखिन्थ्ये । उनीहरुमा देखिएको खुशी स्वभाविक नै थियो । स्कूल प्रांगनमा जम्मा भएका विद्यार्थीहरु केही दिनको जाडो छल्ने आशा गर्दै आफुहरुले पाउन लागेको न्यानो कपडाको पर्खराइमा थिए । केही समयमै उनीहरुले आशा गरेको न्यानो  कपडा पाए  र उनीहरु खुशीले रमाए । रौतहटको चन्द्रनिगाहापुर ४ मा रहेका मुसहर वस्तीको २ सय जना बालबालिकाहरुलाई जाडोको न्यायो कपडाको व्यवस्था ललितपुरको साझा पहल नेपालले गरेको थियो । 

यस अघि कांभ्रेको चौरी देउराली गाउँपालिका सुर्योदय प्रावि, इश्वरीदेवी निमावि,कालिकादेवी प्रावि, बालज्योति प्रावि र ढाँडखर्क प्राविका १८५ जना दलित बालबालिकालाई जाडोको कपडा वितरण गरिसकेको साझा पहल नेपालले विगत ३ वर्षदेखि दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ । 

साझा पहल नेपालले मनकारी व्यक्तिहरुको सहयोगमा यो वर्ष मात्रै जाडोको समयमा करिब ४ सय जना विभिन्न विद्यालयका दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको साझा पहल अध्यक्ष गीता केसी दर्नालले बताइन् । ‘साझा पहल नेपाल दलित तथा सीमान्तकृत समुदायको बालबालिकाको शिक्षामा सहयोग गर्ने संस्था हो’ उनले भनिन्, ‘हामी जाडोबाट बालबालिकाहरुलाई न्यानो अनुभुति दिलाउने पनि काम गछौं । ’

साझा पहल नेपालको सहकार्यमा विदेशमा रहेका मनकारी हातहरुको सहयोगमा शैक्षिक सामाग्री र जाडोको कपडाहरु विभिन्न प्रदेशमा वितरण गरिएको अध्यक्ष केसी दर्नालले बताइ्न । संस्थाले शैक्षिक कार्यक्रम अन्र्तगत जाडोको समयमा एकसरो कपडा लगाएर स्कूल पुगेका बालबालिकाहरुलाई न्यानो कपडा समेत वितरण गर्न संक्षम रहेको जनाएको छ । 

विदेशमा रहेका सहयोगी हातबाट बालबालिकाको मुहारमा खुशी ल्याउन आफुले सहयोगी भूमिका निर्वाह गरेको संस्थाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर