• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

छ हजार घुस लिँदालिँदै मालपोतका नायब सुब्बा अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  

आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि नायब सुब्बा कुमारबहादुर राजभण्डारी र सहयोगी बाबुराजा शाक्यले रु छ हजार घुस लिँदालिँदै कार्यकक्षबाटै पक्राउ गरिएको हो । आरोपी दुवैको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।  

यस्तै आयोगले प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ परेका भारत बहराइचका विजय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चौधरीले भन्सार छली अवैधरूपमा हार्डवयरका सामान ओसारपसार गर्ने क्रममा पक्राउ परेका चार जना व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाउनका लागि रु १० हजार बराबरको घुस दिन खोजेको आयोगको दाबी छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर