• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

युएई विरुद्धको सिरीजका लागि टिमको घोषणा, स्टार लेग स्पिनर सन्दिप भोली नेपाल आउने

काठमाडौं । युएई विरुद्धको एकदिवसिय र टी–२० सिरीजका लागि नेपाली टिमको घोषणा गरिएको छ ।  यहि माघ १३ गतेबाट युएईमा हुने प्रतियोगिताका लागि घोषणा भएको टिममा पवन सराफ, सन्दिप जोरा, अभिनाश बोहरा र भिम शार्कीले पहिलो पटक टिममा स्थान बनाएका छन ।

नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्न लागका यी चार जना खेलाडी युवा खेलाडी यू–१९ टिमबाट आएका हुन । पछिल्लो पटक घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेर क्याम्पमा पनि राम्रो गरेका कारण चार जनाले पहिलो पटक टिममा स्थान बनाएका हुन ।

तर यसपटक युएई विरुद्धको सिरीजमा अनुभवी खेलाडी शरद भेषवाकरले नखेल्ने भएका छन । क्याम्पमा रहेपनि अन्तिम समयमा विरामी परेका कारण शरदले टिमबाट नाम फिर्ता लिएका छन । यसअघि विश्व क्रिकेट लिग अन्तर्गत हङकङ विरुद्धको दुई खेलमा पनि उनी विरामी हुदा घर फर्किएका थिए । यस्तै नेदरल्याण्ड्स विरुद्धको दोस्रो एकदिवसिय खेलपनि चोटका कारण गुमाएका थिए ।

प्रतियोगिताका लागि स्टार लेग स्पिनर सन्दिप लामिछाने भोली नेपाल आइपुग्नेछन । नेपाली टिम मंगलबार सिरीजका लागि युइए प्रस्थान गर्नेछ । यसपटक टिममा युवा र अनुभवी खेलाडी रहेकाले सिरीज राम्रो हुने प्रशिक्षक टमाटाले बताएका छन ।

नेपाली टिमः पारस खड्का(कप्तान )ज्ञानेन्द्र मल्ल, अभिनाश बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, भिम शार्की, विनोद भण्डारी, दिपेन्द्र ऐरी, करण केसी, ललित राजवंशी, आरिफ शेख, पवन सराफ, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर