• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आफ्नै काजकिरियाको तयारी गरेर आत्महत्या गर्ने कृषकको कथा 

एजेन्सी । दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशका मल्लाप्पा गत वर्ष अगष्टको एक साँझ घरायसी सामान किन्न भन्दै बजार निस्किए । घरमा उनले ‘सब्जी तथा अन्य वस्तु किन्न बजार जाने’ भनेका थिए । घरमा कसैले भनक सम्म पाएका थिएनन् कि उनी आफ्नो जीवन अन्त्य गर्ने सोचमा छन् । 

सामान किन्न बजार गएका मल्लाप्पाले फर्किँदा आफ्नो मृत्यु पछि काजकिरियाका लागि आवश्यक पर्ने सामान किनेर फर्किएका थिए । उनले आफ्नो मृत शरिरलाई ओढाउन सेतो कपडा, श्रीमतीका लागि चुरा, धुप, माला तथा आफ्नै फोटोको एक प्रति ‘लेमिनेशन’ गरेर लेराएका थिए । घर फर्किएपछि मल्लाप्पाले ती सबै सामाग्री आफ्नो बुवाको चिहानमाथि राखे जुन घरको नजिकैको खेतमा थियो । 

ती सबै सामानसँग उनले एउटा चिठी पनि छोडे जसमा उनले आफुले जीवन अन्त्य गर्न लागेको अर्थात आत्महत्या गर्न लागेको लेखेका थिए । कृषिका लागि उनले लिएको झण्डै २ लाख ८५ हजार कर्जा तिर्न नसकेका कारण उनी त्यस्तो भयानक निर्णयमा पुगेको उनले उक्त चिठिमा लेखेका थिए । 

चिठिमा उनले मृत्यु पछि काजकिरियाका लागि आवश्यक सबै सामाग्रि पनि तयार पारिदिएको लेखेका थिए । सबै काम सक्काएर उनी खेतको छाप्रोमा गएर सुते त्यहिँ उनको इहलिला समाप्त भयो । 

भोलीपल्ट विहानै उनका छोरा माधवय गाइवस्तु चराउन लैजाने तयारीमा लाग्न थाले । त्यतिनै बेला उनको आँखा हजुरबुवाको चिहानमाथि राखिएका नयाँ चिजहरुमा पर्यो । उनले खोलेर हेरे । बुवाको लेमिनेशन गरिएको तस्बीर देखेर उनी झस्किए । उनलाई केहि गलत हुँदैछ भन्ने लाग्यो । उनले रुँदै भने, ‘मलाई केहि नराम्रो भएको जस्तो लाग्यो अनि म छाप्रोतिर कुदेँ । बुवाको शरिर लडिरहेको देखेर म झसंग भएँ ।’ 

मल्लाप्पाको जस्तै कहानी भारतभरी नै छ । कृषि उत्पादनको कमजोर मूल्य, सिंचाइ सुविधाको कमी, पछिल्लो समय बढेको सुख्खा लगायत कारण भारतको कृषिमा नराम्रो असर गरिरहेको छ । 

कृषिका लागि लिएको कर्जा त्यसमाथि उब्जनीको प्रतिफल नपाउँदा भारतमा हरेक वर्ष सयौँले आत्महत्या गरिरहेका छन् । सन् १९९५ मा मात्र ३ लाख जनाले आत्महत्या गरिसकेका छन् । 

सन् २०१८ मा गोलभेडाको भउ यसरी घट्यो विरोधमा किसान सडकमै गोलभेडा खन्याउन वाध्य भए । 

मल्लाप्पा यस्तै समस्यासँग झुझिरहेका थिए । मल्लाप्पाको बदामको खेती खडेरीले पुरै ध्वस्त भएको थियो । ‘हामीसँग ६ एकड जमिन छ । त्यसमा हामीले ४ वटा ट्युबवेल खन्यौँ पानीका लागि । माधवयले भने, ‘चार मध्य तीनवटाबाट पानीनै आएन । एउटाबाट आएको पानी पर्याप्त भएन । हामीले गोलभेडा र बदाम खेती गरेका थियौँ । पानीको समस्या भएपछि बदाम खेत ियसै छोडेर हामीले गोलभेडामा मात्र ध्यान दियौँ ताकी यसैबाट राम्रो कमाइ गर्न सकियोस’ । तर विडम्बना गोलभेडाको भाउ निकै घट्यो, मल्लाप्पाको आशाको किरण पनि धमिलो भयो । उनी गोलभेडा बेचेर ऋण तिर्न सकिने विश्वासमा थिए ।  

मल्लाप्पाको परिवारले उनी आत्महत्या गर्ने सोचमा छन् भन्ने भनक पाउन सकेन । जुन दिन उनी घरबाट सब्जी लिन निस्किएका थिए त्यो दिन ऋणको केहि किस्ता पनि तिरेर आउँछु भनेर गएका थिए । माधवय भन्छन, ‘बुवा एक हप्तादेखि आत्महत्या गर्ने तयारीमा थिए जस्तो लाग्यो’ । 

मल्लाप्पाको आत्महत्यापछि सरकारले उनको परिवारलाई पाँच लाख रुपैयाँ क्षतीपूर्ति दिने भनेको छ । त्यस्तै बैंकको ऋण पनि १ लाख ५० हजारमा घटाउन मद्यत गर्ने सरकारले बताएको छ । तर उनको परिवारले अहिलेसम्म कत्तिपनि पैसा पाएको छैन । मल्लाप्पाका छोरा माधवय अझैपनि गोलभेडा खेतीमा आफ्नो आशा टिकाइरहेका छन् । उनलाई अझै विश्वास छ अर्को पटक कसो भाउ नबढ्ला । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर