अर्पणको ‘घर’ नयाँ अवतारमा भित्रिन सुरक्षा

काठमाडौं । अभिनेता अर्पण थापाले निर्देशन गर्न लागेको चलचित्र ‘घर’को छायाँकन सुरु भएको छ । सोमबार काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु गरिएको हो ।

छायाँकनको सुरुवातमा नायिका सुरक्षा पन्तले टेक दिइरहेकी छिन् । सार्वजनिक फोटोमा उनलाई एक विवाहित युवतीको अवतारमा देख्न सकिन्छ ।  २० दिनमा छाँयाकन सिध्याउने उद्देश्यले छाँयाकन सुरु गरिएको हो । चलचित्रमा अर्पण थापासँगै बेनिशा हमाल, सुरक्षा पन्त, अस्मिता खनाल लगायत कलाकारहरुको अभिनय रहने छ ।शर्मिला पाण्डेको लगानीमा बन्ने चलचित्रमा सहनिर्माता दिपेन्द्र के खनाल रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर