• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेकपा अध्यक्ष प्रचण्डको स्वास्थ्यमा सुधार, आराम गर्न चिकित्सकको सुझाव

काठमाडौँ । भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष प्रचण्डले ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

चिकित्सकले पूर्वप्रधानमन्त्री प्रचण्डले दुई÷तीन दिन घरमै आराम गर्न सुझाव दिएका छन् । यसैगरीसुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र चाडै निवास फर्कने प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर