• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सप्तरीको रुपनीमा प्रहरी इन्काउन्टर, एक जनाको मृत्यु

सप्तरी । सप्तरीको रुपनीमा प्रहरीले जवाफ कारबाही गर्दा एकजनाको मृत्यु भएको छ ।  विभिन्न आपराधिक घटनाका आरोपी सप्तरीको कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरीको प्रहरी कारबाहीमा मृत्यु भएको हो ।

आज बिहान नियमित गस्तीका क्रममा राजविराजबाट रुपनी आइरहेको प्रहरीको टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफ कारबाही गर्दा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका चौधरीले प्रहरीमाथि गोली प्रहार गरेको थियो ।

प्रहरीका तर्फबाट फायरिङ हुँदा मोटरसाइकल पछाडि सवार चौधरी ढलेका थिए भने मोटरसाइकल चालक फरार भए थिए । चौधरीको टाउकोमा गोली लागेको छ ।  प्रहरीले चौधरीका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ ।

माघ २ गते राति प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि हतियारधारी समूह ‘प्रगतिशील तराई मुक्ति मोर्चा समूह’ले गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते यादवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सो घटनामा चौधरीको संलग्नता हुनसक्ने प्रहरीले आशङ्का गरेको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर