• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

महिला राष्ट्रिय टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासङ्घको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलङ्का र म्यानमा सहभागी हुनेछन् । दक्षिण एसियाली फुटबल प्रतियोगिता र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले उक्त प्रतियोगितालाई तयारीका रुपमा लिएको छ ।

साफमा अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल आफ्नै घरमा आयोजना हुने प्रतियोगिता जित्ने लक्ष्यका साथ पूर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा रहेको छ ।

यसैबीच साफअघि नेपालले थाइल्यान्डमा समेत मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार थाइल्याण्ड फुटबल सङ्घसँग मैत्रीपूर्ण खेलका लागि वार्ता भइरहेको छ । साफ च्याम्पियनसिपको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश, पाकिस्तान र भूटान छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर