• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सिमसिम पानीमा सवारी दुर्घटना हुने खतरा 

मुग्लिन । पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

मंगलबारराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् । घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । मुग्लिनबाट काठमाडाँै आउँदै गरेको ना ५ ख ९७०६ नम्वरको मालबाहक ट्रक र काठमाडौँबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ९८९९ नम्वरकोे ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

यसैबीच बुधबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा पनि दुई ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।  काठमाडौँबाट कुरिनटारतर्फ जाँदै गरेको ना ६ ख ९१०६ नंको ट्रक र काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख २७६२ नम्वरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

दुर्घटनामा काठमाडौँतर्फ जाँदै गरेको ट्रकको चालक घाइते भएका छन् । उनको अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ । लामो समयपछि सिमसिम पानी पर्दा सवारीसाधन चिप्लएर अत्यधिक दुर्घटना हुने गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर