• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

रुकुममा चट्याङ लागेर ६ जना घाइते

मुसिकोट । रुकुम (पश्चिम) मा बुधबार बिहान चट्याङ लागेर छ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् । चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन् ।

त्यस्तै जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन् । चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । चट्याङ लाग्दा जीतबहादुरको चार कोठे घरको तीनकोठा पूर्णरुपमा क्षति भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर