सरकार राज्य आतंक मच्चाउन उद्धत : तरुण दल

कास्की । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पोखरामा सरकारको विरोधमा प्रदर्शन गर्ने भएको छ । 

यहि माघ ११ गते शुक्रबार मानवअधिकार चोकबाट सुरु हुने र्याली पोखराका विभित्र ठाउँ परिक्रमा गर्ने नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
तरुण दलको केन्द्रिय कार्यक्रम अनुसार ७ वटै प्रदेशमा विरोध कार्यक्रम अन्तर्गत पोखरामा प्रदर्शन गर्न लागिएको हो ।

तरुण दलले दुई तिहाई सहितको वर्तमान सरकार गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजकतापूर्ण गतिविधि तर्फ उन्मुख रहेको आरोप लगाउँदै आएको छ । विज्ञप्तिमा भनिएको छ–तरुण दलले सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै नागरिकका हक, अधिकारको रक्षा र कानुनी राज्य स्थापित गर्न पटक–पटक सचेत गराउँदै आएकोमा त्यसप्रति कुनै चासो नदिई दिनदिनै राज्य आतंक मच्चाउन उद्धत रहेकोले तरुण दल आन्दोलनमा उत्रन बाध्य पारिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर