• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अष्ट्रेलियन ओपनबाट बाहिरिइन् सेरेना 

एजेन्सी । अमेरिकी सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छिन् ।

बुधबार भएको नाटकीय क्वाटरफाइनल प्रतिस्पर्धामा चेक गणतन्त्रकी क्यारोलिन प्लिस्कोभासँग पराजित हुँदै सेरेना वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनबाट बाहिरिएकी हुन् । प्लिस्कोभाले सेरेनालाई ६–४, ४–६ र ७–७ ले हराइन् ।

२६ वर्षे प्लिस्कोभाले निकै राम्रो खेलेको भन्दै सेरेनाले तारिफ समेत गरिन् । पहिलो सेटको र्यालीका क्रममा गोलीगाँठोमा चोेट लागेपछि सेरेनालाई केहि असहज महसुस भयो तर आफ्नो हारमा गोलीगाँठोको चोटसँग कुनै सम्बन्ध नरहेको उनले बताइन् । उनले भनिन्, ‘मैले केहि गल्ति अवश्य गरेँ तर उनले धेरै राम्रो खेलिन’ ।

प्लिस्कोभाले अब सेमिफाइनलमा नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्नेछिन् । नाओमी तिनै जापानी खेलाडि हुन् जसले युएस ओपनको फाइनलमा सेरेनालाई हराएकी थिइन् ।

हारपछि सेरेनाको २४ पटक ग्राण्डस्लामको उपाधि जितेर मार्गरेट कोर्टसँगको किर्तिमानी बराबरी गर्ने धोको भने पुरा हुन सकेन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर