पोखरामा अत्याधुनिक बधशाला तथा चिकेन पोइन्ट संचालनमा

कास्की । पोखराको पार्दी विरौटामा अत्याधुनिक पोल्टी बधशाला तथा फेवा चिकेन पोइन्ट संचालनमा आएको छ ।  

५५ जनालाई प्रतक्ष्य रोजगार दिनेगरी संचालनमा आएको बधशाला तथा चिकेन पोइन्टमा  करिब ६ करोड लगानी छ ।फेवा मिट प्रोडक्ट्स प्रा.लि.ले हालै संचालनमा ल्याएको उक्त उद्योगको एक समारोहका बीच गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्दै पोखरामा खसी तथा भैसी एंव रांगाको समेत वधशाला निर्माण गर्नु पर्ने बताए । 

गण्डकी प्रदेशको राजधानी पोखरामा गुणस्तरीय खाद्य पदार्थ उत्पादनमा यस्ता उद्योग धन्दा आवश्यक भएको बताउदै मन्त्री लम्सालले खाद्य बस्तुमा व्यवसायी तथा उद्योगीहरुले बिषेश ध्यान दिन आग्रह गरे । मन्त्री लम्सालले आगामी फागुन भित्र प्रदेश सरकारले कानुन बनाएर विकासको तिव्र गतिमा लाग्ने दाबी गरे ।

गण्डकी प्रदेशको राजधानी पोखरा क्षेत्रमा कुखुरा तथा कुखुराजन्य बस्तुको माग बढी भएकोले आफुहरुले पोखरामा अत्याधुनिक पोल्टी बधशाला तथा फेवा चिकन पोइन्ट संचालनमा ल्याएको फेवा मिट प्रोडक्ट्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा उद्योगपती चन्द्रकान्त बरालले बताए ।

गण्डकी प्रदेशमा खपत हुने करिब ६ प्रतिशत अर्थात दैनिक २ हजार ५ सय केजी कुखुरा विक्रि गर्दै आएको प्रा.लि.ले आफ्नो उद्योगमा उत्पादन भएको कुखुराको गुणस्तरीय रुपमा काट्न सक्ने (स्लटीङ) तथा चिकनका विभिन्न परिकार उपलब्ध गराएको निर्देशक बरालले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर