स्थानीय सरकारको करका कारण अन्तराष्ट्रिय विमानस्थल निर्माणमा समस्या 

काठमाडौं । स्थानीय सरकारले माटो ओसार–प्रसारमा कर लगाउँदा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा समस्या भएको संसदीय अध्ययन टोलीले निश्कर्ष निकालेको छ । 
प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढस्थित अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रगतिबारे अध्ययन गरि यस्तो निश्कार्ष निकालेको हो ।

बुधबार बसेको अन्तराष्ट्रिय सम्वन्ध समितिको बैठकमा उपसमितिका संयोजक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थलगत अध्ययन प्रतिवेदन पेश गरेका हुन् ।

विमानस्थल निर्माणमा माटोको समस्या देखिएको जानकारी गराउँदै नेता नेपालले त्यसका बाबजुत विमानस्थल निर्माण कार्य भने नरोकिएको बताए । निर्धारित मितिमा विमानस्थल निर्माण सक्नका लागि सरकारले माटोका विषयमा देखिएको समस्या समाधान गरिदिनुपर्ने उनले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर