• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अधिकांश स्थानमा वर्षा र हिमपात

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । 

पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु भएको वर्षा मंगलबारातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ ।

मङ्गलबार रातिदेखि सुरु भएको वर्षा  बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः सुरु हुने मौसमविद् श्रेष्ठले बताए । बुधबार उपत्यकासहित देशभरि नै बद्ली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ । 

काठमाडौं उपत्यकाको उच्च पहाडी क्षेत्र फूल्चोकी, चन्द्रागिरिलगायत स्थानमा हिमपात भएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात भइरहेकोे छ । देशका पश्चिमी भागमा भोलिसम्म यो प्रणलीले प्रभाव पर्ने छ । मंगलबारदेखि सुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने बताइएको छ । 

बिहिबार एक दिन यो प्रणाली हटेपनि आगामी शुक्रबारबाट पुन ःपश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभावले पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ छ । देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्ने र चिसो बढ्नेछ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष शून्य डिग्रीसम्म पुगेको थियो । 

बुधबार वर्षापछि चिसो बढे पनि यसवर्ष शून्य डिग्रीभन्दा तल नर्झने मौसमविद् श्रेष्ठले बताए ।  महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँमा ८ दशमलव १ मिलिमिटर वर्षा भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर