• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

किर्तिमानी धावक उसैन बोल्टको खेल जीवन अन्त्य 

एजेन्सी । किर्तिमानी धावक उसैन बोल्टले आफ्नो खेल जीवन सकिएको बताएका छन् । ८ पटक ओलम्पिक जितेका जमैकन धावक बोल्टले खेल जीवन अन्त्य भएको बताएका हुन् ।

सन् २०१७ मै एथ्लेटिक्सबाट विदा भइसकेका बोल्ट फुटबलमा नयाँ करियर सुरु गर्ने योजनामा थिए । अष्ट्रेलियाको सेन्ट्रल कोस्ट मरिनर्समा दुई महिना टे«निङ समेत गरेका बोल्टले फुटबलमा आफु सुहाउँदो पारिश्रमिक पाउन नसक्ने देखेपछि फुटबल पनि छोडेका हुन् ।

एक सय र दुई सय मिटरमा विश्व किर्तिमान बनाएका ३२ वर्षे बोल्टले क्लबमा आवद्ध रहँदाको समय रमाइलो भएको प्रतिक्रिया दिँदै क्लबसँग जसरी ‘डिल’ गर्नुपर्ने थियो त्यसरी नभएको बताए । गत अक्टोबरमा मरिनर्सबाट खेलेको मैत्रीपूर्ण खेलमा बोल्टले २ गोल गरेका थिए ।

बोल्टलाई आफ्नो टिममा आवद्ध गराउन मरिनर्स बाहेक अरु क्लब पनि तयार थिए तर पारिश्रमिकै कारण उनले ती क्लबमा आवद्ध हुन चाहेनन् । बोल्टले अब व्यापार व्यवसायमा हात हाल्ने योजना बनाएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर