बजेट कार्यान्वयनलाई तिव्रता दिन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले बजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन दिएका छन् ।

 विषयगत मन्त्रालयका सचिवहरुलाई बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तिव्र गतिमा अगाडि बढाउन निर्देशन दिए । मुख्यमन्त्रीशाहीले भने, ‘जनतालाई परिणामसंग सरोकार छ, प्रक्रियासंग होइन । सरकारको सोच वमोजिम जनताले अनुभुति गर्ने गरि परिणाममुखी काम गर्नुस ।’ 

६ वटै विषयगत मन्त्रालयका सचिववाट बजेट कार्यान्वयनको प्रगति, कार्यान्वयनमा देखा परेका चुनौति र आगामी योजनाको व्रिफिङ्ग सुनिसकेपछि मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनको समयसिमा सहितको ठोस कार्ययोजना ३ दिनभित्र पेश गर्न निर्देशन दिए । 

उनले कार्यान्वयन गर्न नसकिने, संशोधन गर्नुपर्ने र नीतिगत समस्या सामाधान गर्नुपर्ने योजनाहरुको विवरण समेत पेश गर्न निर्देशन दिए । प्रादेशिक संरचना नयाँ भएको र कुनै पनि संरचना नभएको अवस्थामा प्रदेश सरकारको संस्थागत गर्न सचिवहरुले महत्वपुर्ण भुमिका खेलेको भन्दै मुख्यमन्त्री शाहीले धन्यवाद दिए । 

मुख्यमन्त्री शाहीले भने, ‘सरकार संचालन र संस्थागत गर्न तपाईहरुले ठुलो मेहनत गर्नुभएको छ, फाइल र कलम समेत आफैले किनेर जसरी मन्त्रालय चलाउनुभयो यसको मुल्याँकन ईतिहाँसले गर्नेछ ।’कर्मचारी समायोजन पछि सरकार अझै व्यवस्थित हुने अपेक्षा व्यक्तगर्दै मुख्यमन्त्री शाहीले समायोजनको चिठी हातमा नपरुन्जेलसम्म मन्त्रालयको काममा दत्तचित्तका साथ लाग्न सचिवलाई आग्रह गरे । 

मुख्यमन्त्री शाहीले कर्णालीको नाङ्गो छाती र भोको पेट हेरेर राष्ट्रसेवक हुनुको कर्तव्य पुरा गर्न आग्रह गरे । सचिवहरुले मुख्यमन्त्रीशाही समक्ष बजेट कार्यान्वयनका लागि मातहतका निकायमा अख्तियारी पठाईएको, योजना छनौटको लागि सुचना प्रकाशन गरिएको, कतिपय योजनाको सम्झौताभई कार्यान्वयनमा गएको, कतिपय योजनाको सर्भे भईरहेको र कतिपय योजना छनौैटको चरणमा रहेको प्रगति विवरण पेश गरेका छन् । 

त्यसैगरि सचिवहरुले मन्त्रालयमा प्र्राविधिक जनशक्तिको अभाव रहेको, ऋण र आन्तरिक राजश्वमा रहेको बजेटको श्रोत सुनिश्चित नभएको लगायतका समस्या राखेका छन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर