• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

'ठूलो उपलव्धी भयो, डा.केसीले संसदको निर्णय मान्नुपर्छ' (भिडियोसहित)

काँग्रेसले ‘नन ईस्यू’लाई ईस्यू बनायो 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले डा.गोविन्द केसीले अघि सारेका माग पुरा भएकाले अनसन तोड्न आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि शिक्षा मन्त्रालयमा शुक्रबार समाचार दैनिकसँग विशेष कुरा गर्दै मन्त्री पोखरेलले तत्काल विधेयक संशोधनको कुनै संभावना नरहेको बताए । 

‘पारित भएको विधेयक कार्यान्वयन हुन्छ, अहिले संशोधन हुदैन । जनप्रतिनिधिमुलक संस्थाले सरकारको समेत योजना भन्दा फरक ढंगले पारित गरेको विषयलाई हामी केही गर्न सक्दैनौं’ मन्त्री पोखरेलले भने, ‘संशोधनको समय राष्ट्रिय सभामा पनि छ छलफल हुन सक्छ तर मुख्य जोड अब कार्यान्वयनमा दिनुपर्छ ।’ 

‘विधेयकले माथेमा कार्यदलले परिकल्पना गरे अनुसार आयोग बनाउने कुरा गरेको छ, विश्वविद्यालय र प्रतिष्ठानहरुलाई सम्योजन गरेर लैजाने कुरा गरिएको छ, यत्रो ठूलो विधेयेय बनेको छ, ’मन्त्री पोखरेलले भने, ‘उहाँहरुले त स्वागत गरेर जानुपर्ने हो । कुनै खास संस्थाका विरुद्ध उहाँहरु किन नकारात्मक ?’

मन्त्री पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नन ईस्यूलाई ईस्यू बनाएर संसदमा बिरोध गरेको आरोप समेत लगाए । पोखरेलले भने, ‘अल्पमतले बहुमतलाई बन्धक बनाउन सक्दैन । उहाँहरुले आफ्ना कुरा भन्न सक्नुहुन्छ । सरकारले ल्याएको प्रस्तावहरु अल्पमतले पासै गर्न नदिने हो भने जनप्रतिनिधिमुलक संस्था किन चाहियो ?’

प्रधानमन्त्रीले कांग्रेसले उठाएका विषयलाई छलफलबाट टुंग्याउन तयार छु भनेर सकारात्मक जवाफ दिदा दिदै संसद अबरुद्ध गरेर काँग्रेसले सतहमा आफ्ना नेताको नाम जोडिएको स्वास्थ्य संस्थाको कुरा गरेपनि भित्रभित्रै डा. केसीको मुद्दा बोकेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर