• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:23 pm

चिनियाँ विमानस्थलमा ‘फाइभ जी’ नेटवर्क लञ्च गरियो

गुआङझोउ । दक्षिणी चीनको गुआङडोन प्रान्तको गुआङझोउ बाइयुन अन्तराष्ट्रिय विमानस्थलमा ‘फाइभ जी’ नेटवर्क लञ्च गरिएको छ । चाईना डेलीको रिपोर्टअनुसार, शुक्रबार चीनको कुनै पनि विमानस्थलमा पहिलो पटक फाइभ जी नेटवर्क छोडिएको हो । 

यो नेटवर्ककको स्पिड प्रतिसेकेन्ड १.१४ गिगाबाइट रहेको छ । परिक्षण अनुसार, यो नेटवर्क हाल प्रयोग भइरहेको ‘फोर जी’ नेटवर्क भन्दा ५० गुणा बढी छिटो हुनेछ ।

चीनको युनिकमको गुआङझोउ शाखाले फाइभ जी नेटवर्कको बेस स्टेशन बनाएको थियो । यसले हुवावेको एक गहन रेडियो कभरेज सोलुसन ‘फाइभ जी ल्याम्पसाइट’को प्रयोग गर्छ, जसले ठूलादेखि मध्यम आकारका साइटमा अन्तरंग फैलाउन मद्दत गर्छ । 

९० भन्दाबढी अन्तराष्ट्रिय तथा क्षेत्रीय गन्तव्यका लागि हवाई मार्ग रहेको गुआङझोउ बाइयान अन्तराष्ट्रिय विमानस्थल दक्षिणी चीनको एक प्रमुख विमानस्थल हो । यस विमानस्थलले वर्ष २०१७ मा ६ करोड ५८ लाख बढी यात्रुलाई सम्हालेको थियो । 

विमानस्थल बाहेक चीनको गुआङझउका सहर तथा केही औद्योगिक क्षेत्रमा पनि फाइभ जी नेटवर्क उपलब्ध गरिएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जापानको ‘हायाबुसा–२’ यान छुद्रग्रहमा सफलतापूर्वक अवतरण

  • १० फाल्गुण, २०७५

टोकियो । पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार

सामसुङले सार्वजनिक गर्यो फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन 

  • ९ फाल्गुण, २०७५

सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

अश्लील सामग्री राखेको भन्दै बंगलादेशका २० हजार वेबसाइट बन्द

  • ७ फाल्गुण, २०७५

ढाका । बंगलादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ ।  अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द