चिनियाँ विमानस्थलमा ‘फाइभ जी’ नेटवर्क लञ्च गरियो
गुआङझोउ । दक्षिणी चीनको गुआङडोन प्रान्तको गुआङझोउ बाइयुन अन्तराष्ट्रिय विमानस्थलमा ‘फाइभ जी’ नेटवर्क लञ्च गरिएको छ । चाईना डेलीको रिपोर्टअनुसार, शुक्रबार चीनको कुनै पनि विमानस्थलमा पहिलो पटक फाइभ जी नेटवर्क छोडिएको हो ।
यो नेटवर्ककको स्पिड प्रतिसेकेन्ड १.१४ गिगाबाइट रहेको छ । परिक्षण अनुसार, यो नेटवर्क हाल प्रयोग भइरहेको ‘फोर जी’ नेटवर्क भन्दा ५० गुणा बढी छिटो हुनेछ ।
चीनको युनिकमको गुआङझोउ शाखाले फाइभ जी नेटवर्कको बेस स्टेशन बनाएको थियो । यसले हुवावेको एक गहन रेडियो कभरेज सोलुसन ‘फाइभ जी ल्याम्पसाइट’को प्रयोग गर्छ, जसले ठूलादेखि मध्यम आकारका साइटमा अन्तरंग फैलाउन मद्दत गर्छ ।
९० भन्दाबढी अन्तराष्ट्रिय तथा क्षेत्रीय गन्तव्यका लागि हवाई मार्ग रहेको गुआङझोउ बाइयान अन्तराष्ट्रिय विमानस्थल दक्षिणी चीनको एक प्रमुख विमानस्थल हो । यस विमानस्थलले वर्ष २०१७ मा ६ करोड ५८ लाख बढी यात्रुलाई सम्हालेको थियो ।
विमानस्थल बाहेक चीनको गुआङझउका सहर तथा केही औद्योगिक क्षेत्रमा पनि फाइभ जी नेटवर्क उपलब्ध गरिएको छ ।
प्रतिकृया दिनुहोस