• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरलाई एक गर्ने मार्क जुकरबर्गको योजना 

एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरमा आफ्नो म्यासेज सेवालाई एकै साथ ल्याउने तयारी गर्दैछ । 

यी तिनै सामाजि सञ्जाल मञ्च फरक–फरक मोबाइल एप्सका रुपमा काम गरेपनि यी तिनै एप्सलाई एकदेखि अर्कोमा सजिलै म्यासेज पठाउन सकिनेछ अर्थात् कुनै फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप वा इन्स्टाग्राम मात्र प्रयोग गर्ने अर्का व्यक्तिसँग सीधै सम्पर्क गर्न सक्नेछ । 

यो एक लामो प्रक्रियाको सुरुवात भएको फेसबुकले बिबीसीलाई बताएको छ । यो योजनाबारे फेसबुकले सबैभन्दा पहिले न्यूयोर्क टाइम्सलाई बताएको थियो र यस योजनामाथि फेसबुकका संस्थापक मार्क जुकरबर्गको चासो रहेको मानिएको छ । 

यदि यो योजना सफल भएमा कुनै पनि फेसबुक प्रयोगकर्ताले अर्को ह्वाट्सएप वा इन्स्टाग्राम प्रयोगकर्तामा म्यासेज पठाउन सक्नेछ । यद्यपि हाल यो सम्भव छैन । 
यो योजना सन् २०२० को सुरुवातमा पूरा गर्न सकिने आशा राखिएको छ । 

यी तीनै सामाजिक सञ्जाललाई एकै प्रणालीमा जोड्नु फेसबुकका लागि आफैँमा एक ठूलो परिवर्तन हुनेछ । न्यूयोर्क टाइम्सका अनुसार, जुकरबर्गको यस निर्णयबाट कम्पनीभित्र तनावको स्थिति सृजना भएको छ ।

गत वर्ष इन्स्टाग्राम र ह्वाट्सएपका संस्थापकले कम्पनी छोड्नुको कारण यही भएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर