• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

३८ हजार नेपाल पठाउँदा १२ लाख उपहार पाएपछि.....

टोकियो । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाको बिजेता बर्दियाका मानबहादुर खत्री बनेका छन् ।

टोकियोमा रकम हस्तान्तरण कार्यक्रम मार्फत मानबहादुर खत्रीलाई  उपहार हस्तान्तरण गरिएको छ । ‘लखपति एक्सप्रेस’ योजनाअन्तर्गत सिटी एक्सप्रेसमनि ट्रान्सफर जापानबाट पैसा पठाइ विजेता घोषित खत्रीलाई उपहार हस्तान्तरण गरिएको हो ।

सिटी एक्सप्रेसको प्रबन्धनिर्देशक चन्द्र टण्डन र सिटीका अध्यक्ष महेशकुमार श्रेष्ठ सिटी टीमले १२ लाखको रकमको चेक मानबहादुरलाई सिटिको कार्यालय टोकियोमा हस्तान्तरण गरेका हुन् । ब्रान्ड एम्बेस्डर सीताराम कट्टेल धुर्मुस सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उक्त विजेता घोषणा गरिएको सिटि एक्सप्रेसले जानकारी दिएको छ ।

उक्त उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार नगद र ३ जनाले १ लाख नगद प्राप्त गरिसकेका छन् ।

 ती सबै उपहारहरू विद्युतीय लक्की ड्र मार्फत विजेता छनोट गरिएको थियो । सेन्दाईमा कार्यरत खत्री ३८ हजार रकम नेपाल पठाउँदा १२ लाख पाएकोमा अचम्म मात्र होईन खुसि  भएका छन् । उनले प्राप्त रकम उधमशिल क्षेत्रमा खर्चिने प्रतिबद्धता जनाएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर