• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पोथी जसले क्यान्सर विरुद्धको औषधीयुक्त अण्डा कोरल्छ 

एजेन्सी । स्कटल्याण्डमा रहेको पशु–पंक्षीका लागि औषधी उत्पादन गर्ने कम्पनी ‘रोस्लिन टेक्नोलोजी इन्स्टिट्युट’का अध्यययनकर्तासँग आनुवांशिक रुपल संशोधित कुखुराको पोथी छ, जसले गठिया रोग र केही क्यान्सरका औषधीयुक्त अण्डा कोरल्छ । 

सुन्दा अचम्म लाग्नसक्छ, तर यसरी अण्डाबाट उत्पादित औषधी फ्याक्ट्रीबाट उत्पादन गरिएको औषधीभन्दा सय गुण सस्तो मूल्यमा पाइन्छ । समयसँगै औद्योगिक रुपमै यी औषधीको उत्पादन गर्न सकिने अध्ययनकर्ताको विश्वास छ । जानकारी रहोस्, यो औषधी मान्छेका लागि नभएर, पशु–पंक्षीका लागि उत्पादन गरिएको हो । 

स्कटल्याण्डको एडिनबर्गमा रहेको रोस्लिन टेक्नोलोजी कम्पनीमा कार्यरत डक्टर लिजा हेरोनका अनुसार, जनवारको तुलनामा कुखुराहरु नोक्सान पर्याउने खालको नहुने तथा प्रेमपूर्वक पालनपोषण गर्न सकिन्छ । 

‘यिनीहरु ठूलो संख्यामा पाल्न सकिन्छ । यिनीहरुलाई खुवाउन, पानी हाल्न र हेरचाहका लागि दैनिक जसो उच्च प्रशिक्षित प्राविधिक खटाइन्छ, जहाँ कुखुराहरुले आरामदायी जीवन बिताउन सक्छन्’, उनले भनिन्, ‘पाथीले सामान्य अण्डा कोरलिइरहेका अनुभव गर्नेछ । यो कुनै पनि प्रकारले पाथीको स्वास्थ्यलाई प्रभावित गर्दैन ।’

यसअघि यी वैज्ञानिकहरुले आनुवांशिक रुपले संशोधित बाख्रा, खरायो र कुखुराका पोथीलाई प्रोटिन थेरापी उत्पादनका लागि उनीहरुको दुध वा अण्डामा उपयोग गर्न सिकिन्छ भन्ने देखाएका थिए । अब वैज्ञानिकहरु आफ्नो नयाँ दृष्टिकोणमा बढी कुशल, राम्रो फल उत्पादन र पछिल्लो प्रयासका तुलनामा बढी किफायती भएको बताउँछन् ।
 
कुखुराको पोथीबाट उत्पादित उत्पादन फ्याक्ट्रीभन्दा दशदेखि सय गुणा कम मूल्यमा जहाँ पनि पाउन सकिनेछ । त्यसैले, हामी पूर्ण आशाका साथ कम्तिमा पनि १० गुणा कम मूल्यका लागि प्रयास गर्नेछौँ’, डक्टर हेरोनले भनिन् । 

शरीरले स्वभाविक रुपले पर्याप्त मात्रामा रसायन वा प्रोटिन उत्पादन नगर्दा विभिन्न खाले रोग लाग्छ । यस्तो रोगहरुलाई न्यून प्रोटिन भएका औषधीबाट नै नियन्त्रण गर्न सकिन्छ । यस्ता औषधीहरु औषधी कम्पनीद्धारा उत्पादिन हुन्छन्, जुन तयार पार्न निक्कै महंगो प्रक्रिया अपनाउनुपर्छ । 

तर, डक्टर हेरोन र उनका सहयोगीले कुखुराको पोथीमा एक मानव जिन राखेर औषधीको लागत कम गर्नमा सफलता हासिल गरेका छन्, जुन समान्यतया कुखुरीको अण्डामा सेतो भाग उत्पान सँग कुखुरीको डिएनएमा सहभागी भई मानवमा प्रोटिनको उत्पादन गर्छ । 

अण्डाको सेतो भागलाई पहेलो भागबाट अलग्याएपछि डा. हरोनले कुखुरामा तुलानात्मक रुपले प्रोटिनको मात्रा बढी भएको पत्ता लगाइन् । उनको समूहले दुई प्रकारका प्रोटिन उत्पादनमा केन्द्रित छः पहिलो ‘आईएफएअल्फाटुए’, जसमा शक्तिशाली एन्टिभाइरल र एन्टि–क्यानसर प्रभाव हुन्छ र अर्को ‘म्याक्रोफेज–सिएसएफ’, जुन एक चिकित्सा थेरापीको रुपमा विकसित भइरहेको छ, जसले मांसपेशीलाई मर्मत गर्छ । 

एक डोज औषधी उत्पादन गर्न तीन वटा अण्डा पर्याप्त हुन्छ र प्रत्येक वर्ष यो पोथीले तीन सयबढी अण्डा उत्पादन गर्छ । कुखुरीको पर्याप्त संख्यासँगै आफूहरु व्यावसायिक रुपमा औषधीको उत्पादन गर्न सक्ने अध्ययनकर्ताको विश्वास छ । 

एडिनबर्ग विश्वविद्यालयको ‘रोस्लिन इन्स्टिट्युट’का प्राध्यापक हेलेन साङ भन्छिन्, ‘हाल हामीले मान्छेमा प्रयोगका लागि औषधी उत्पादन गरेका छैनौँ, तर यो अध्ययन भन्छ, औषधी खोजी अध्ययनका लागि उपयुक्त प्रोटिन उत्पादन गर्न व्यावसायिक रुपले उपयोगी छ ।’ 

यदि यो औषधीको व्यावसायिक उत्पादन भएमा पशुपालक कृषकका लागि सबैभन्दा बढी उपयोगी हुने आशा गरिएको छ । बिबीसी
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर