• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 09:20 pm

ब्रेनट्युमर पीडितलाई सहयोग 

जापान । जापानमा ब्रेनट्युमरका कारण सिकिस्त एक म्याग्देली चेलीको उपचारका लागि जापानमा रहेका म्याग्देलीले आर्थिक सहयोग अभियान सञ्चालन गरेका छन् । 

जिल्लाको रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको उपचारका लागि मोना जापानमा आबद्ध म्याग्देलीले सहयोग अभियान सञ्चालन गरेको र हालसम्म ५० हजार रुपैयाँ सहयोग सङ्कलन भएको मोना जापानका सदस्य सागर कार्कीले जानकारी दिए । 

एक वर्ष अगाडि पिप्लेकै दिनेश दर्जीसँग विवाह गरेपछि जापान गएकी प्रमिला केही दिन अघि छोरी जन्माएपछि एक्कासि बेहोस भएको र जापानको कुवाना अस्पतालमा स्वास्थ्य जाँच गराउँदा ब्रेनट्युमर भएको चिकित्सकले बताएको जापानबाट कार्कीले जानकारी दिए । त्यसपछि प्रमिलाको शल्यक्रिया गरिएको थियो । 

ब्रेनट्युमरको शल्यक्रियापछि प्रमिलाको अवस्था थप चिन्ताजनक भएको मोना जापानका अध्यक्ष दीपक कार्कीले बताए । ‘अवस्था चिन्ताजनक छ, आमाको काखमा शिशु छ, उपचारमा लाखौँ खर्च हुन्छ’, कार्कीले भने । सहयोग सङ्कलन अभियानमा सरिक हुन र सक्दो सहयोग गरी प्रमिलालाई बचाउन मोना जापानका सदस्य कार्कीले सबैसँग आग्रह गरे । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाली भाषा–साहित्यमा स्नातक गरेका बर्मेलीलाई प्रमाणपत्र प्रदान

  • २८ श्रावण, २०७६

बर्मा । बर्मामा स्थायी बसोबास गर्ने नेपाली समुदायले ४० वर्ष अघिदेखि आफ्ना बालबालिकालाई नेपाली भाषा शिक्षण गराइरहेका छन् ।  तिनै नेपाली पाठशालाबाट

बेलायतमा मनाइयो २५ औ विश्व आदिबासी दिबश

  • २७ श्रावण, २०७६

बेलायत । बिश्वब्यापी रुपमा २५ औ बिश्व आदिबासी दिवश भब्य रुपमा मनाउने क्रममा संयुक्त अधिराज्य बेलायतमा पनि भब्य रुपमा मनाइएको छ ।  ुसास्कृतिक मात्र

राप्रपानिकट प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको अध्यक्षमा राजवंशी 

  • २५ श्रावण, २०७६

काठमाडौं । राप्रपानिकट प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको कार्यसमिति घोषणा गरिएको छ । शनबिार मेलवर्नमा एक समारोहका बी पत्रकार सम्मेलन गर्दै