• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नाजायज घरभाडा लिएकोभन्ने समाचार झुटो हो (भिडियोसहित)

शहीद परिवार मंगले बुढाको घर उर्जामन्त्री पुन र मैले ६ महिनाकाे तलबले बनाइदिएका हाैं

काठमाडौं । पूर्वसभामुख ओन्सरी घर्ती मगरले आफूले धरभाडा लिएको कुरा सत्य भएको स्वीकारेकी छिन् । आफ्नो कार्याकालमा सरकार र संसदको जिम्मेवारी लिँदै गर्दा सरकारी सुविधा भन्दा बाहेक केही नलिएको उनले बताइन् ।

समाचार दैनिकको समाचार टीभीसंगको अन्तर्वार्ताको क्रममा उनले सो कुरा बताएकी हुन् । पूर्वसभामुख घर्तीको बारेमा नाजाय रुपमा घरभाडा लिएको भनेर विभिन्न मिडियामा समाचार आएको छ नी भनेर समाचार दैनिकले सोधेको प्रश्नमा उनले भनिन्– ‘म रोल्पाबा आएको एउटा सामान्य परिवारको व्यक्ति हुँ । मेरो घर काठमाडौंमा नभएपछि मैले घरभडा लिएको हुँ । कानुनी रुपबाट नै लिएको हुँ ।’ 

साथै, उनले राजनीतिक जीवनमा जिम्मेवारी पूरा गर्ने सिलसिलामा पार्टीले आफूलाई दिएको जिम्मेवारीबाट चुक्न हुँदैन भनेर पनि उनले प्रष्ट पारेकी छिन् । आफूले बालुवाटारमा अहिले पनि भाडामा बसेको र त्यसरी आएको समाचार झुटो भएको बताएकी छिन् । 

समाचार लेख्ने पत्रकारहरुले यसबारे कुनै कुरा आफूलाई नसोधेको र संसद सचिवालयले पनि कुनै कुरा नसोधेको उनले प्रस्ट्याएकी छिन् । रोल्पाका शहिद भुवनको बुबा मंगले बुढाको घर आफूहरुले कर्तव्य ठानेर बनाएको बताइन् । उर्जामन्त्री वर्षमान पुनको ६ महिनाको पारिश्रमीक र आफ्नो ६ महिनाको पारिश्रमीकबाट उनले सो घर बनाएको बताइन् । 

यी र यस्तै विषयमा समाचार टीभीले गरेको अन्तंरगं कुराकानी हामीले यहाँ प्रस्तुुत गरेका छौं । 
हेर्नुहोस भिडीयो :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर